दाहाल र नेपाल सम्मानित

काठमाण्डौं । नेपाल खेलकुद पत्रकार मञ्चले आफ्नो २६ औं स्थापना दिवसको अवसरमा दुईजना खेलपत्रकारलाई खेलपत्रकारिता सम्मानबाट पुरस्कृत गरेको छ ।

स्थापना दिवसको अवसर पारेर मञ्चले आईतबार अग्रज खेलपत्रकारिता सम्मानबाट मुकुन्द दाहाल र सुमन भोम्जन युवा खेल पत्रकारिता पुरस्कारबाट गोविन्दराज नेपाललाई पुरस्कृत गरेको छ ।

खेल पत्रकारिता सम्मान स्वरुप दाहालले २५ हजार रुपैयाँ प्राप्त गरे भने युवा पत्रकार पुरस्कारबाट पुरस्कृत नेपालले ५० हजार बराबरको ल्यापटप प्राप्त गरे ।

मञ्चले हरेक वर्ष स्थापना दिवसका अवसरमा अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई पुरस्कृत गर्दे आएको छ ।

सम्मानित पत्रकारद्वय दाहाल र नेपाललाई राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्य सचिव रमेशकुमार सिलवाल,नेपाल ओलम्पिक कमिटी (एनओसी)का अध्यक्ष जीवनराम श्रेष्ठ, , नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरी र एनएसजेएफका अध्यक्ष दुर्गानाथ सुबेदी देबेन्द्रले सम्मान गरेका थिए ।

नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष भदौ २७ गतेलाई स्थापना दिवसका रुपमा मनाउँदै आएको छ । २०५२ सालमा नेपाल खेलकुद पत्रकार मञ्चको विधिवत रुपमा स्थापना भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :