रमीज राजा पाकिस्तान क्रिकेट बोर्डको अध्यक्षमा नियुक्त

पूर्व पाकिस्तानी क्रिकेटर रमीज राजा पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) को नयाँ अध्यक्षमा नियुक्त भएका छन् ।

पीसीबीले सोमबार रमीजलाई बोर्डको अध्यक्षमा नियुक्त गरिएको जनाएको हो ।

पीसीबीका अध्यक्ष एहसान मणिले अध्यक्ष पदबाट राजीनामा दिएपछि रमीज राजा यस जिम्मेवारीका लागि नियुक्त भएका हुन् ।

मणिले आफ्नो तीन वर्षको कार्यकाल पूरा गरेपछि पदबाट राजिनामा दिएका थिए । उनको कार्यकाल अगस्त २५ मा समाप्त भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :