वडा स्तरीय बास्केटबलमा वडा ४ को जित

काठमाडौं । वडा ४ ले नवौं कीर्तिपुर नगरव्यापी अन्तर वडा पुरुष-महिला बास्केटबल प्रतियोगिताको महिलामा सफलता पाएको छ ।

कीर्तिपुर बास्केटबल संघद्वारा आयोजित प्रतियोगितामा वडा ४ ले वडा ३ लाई ४७–२२ को फराकिलो अन्तरले पराजित ग¥यो । जितमा मुना महर्जनले २० अंक योगदान गरिन् ।

कीर्तिपुरको नयाँबजारस्थित कभर्डहलमा भइरहेको प्रतियोगिताको पुरुषमा वडा २ र वडा ७ ले जित हात पारे ।

नरेश महर्जनको १८ अंक सहयोगमा वडा २ ले वडा ८ लाई ७६–७४ को साँघुरो अन्तरले हरायो । वडा ७ ले वडा ४ लाई ६४–५१ ले पन्छायो । विजयी टिमका लागि अभिषेक सिंहले सर्वाधिक ३८ स्कोर गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :