नेपालको राम्रो शुरुवात

काठमाण्डौं । ओमानबिरुद्ध जारी दोश्रो एकदिवसीय क्रिकेटमा नेपालले राम्रो शुरुवात गरेको छ ।

पहिलो ओभरको दोस्रो बलमा ओपनर कुशल भुर्तेललाई गुमाएको नेपालले पहिलो पावर प्ले (शुरुवानती १० ओभर) को खेल सकिदाँ थप विकेट नगुमाउदै रन बनाएको छ

नेपालका अर्का ओपनर आशिफ शेख ३६ बलमा ५ चौका सहित रन र कप्तान ज्ञानेन्द्र २४ बलमा १ चौका सहित १३ रनमा ब्याटिङ्ग गरिरहेका छन् ।

शुरुवाती १० ओभरमा नेपालले १ विकेट गुमाएर ४९ रन बनाएको छ ।

कुशल भुर्तेल २ बलमा खाता नखोली आउट भएका थिए ।

ओमानको अल अमिरात क्रिकेट मैदानमा नेपाल टस जितेर ब्याटिङ्ग गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :