एकदिवसीय अन्तराष्ट्रियमा आशिफको पहिलो अर्धशतक

काठमाण्डौं । युवा ओपनर आशिफ शेखले एकदिवसी अन्तराष्ट्रियमा पहिलो अर्धशतक बनाएका छन् ।

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमानबिरुद्ध जारी दोश्रो एकदिवसीय क्रिकेटमा आशिफले एकदिवसी अन्तराष्ट्रियमा पहिलो अर्धशतक बनाएका हुन् ।

आशिफ शेख ६२ बलमा ४ चौका सहित अर्धशतक पुरा परे ।

टिमले कुन रन नजोड्दा कुशल भुर्तेल २ बलमा खाता नखोली आउट भएपछी आशिफ र कप्तान ज्ञानेन्द्र मल्लले दोस्रोविकेटको रुपमा आशिफसँग मिलेर ५८ रनको साझेदारी गरेका थिए । ज्ञानेन्द्र ३३ बलमा २१ रन जोड्दै आउट भए ।

ओमानको अल अमिरात क्रिकेट मैदानमा नेपाल टस जितेर ब्याटिङ्ग गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :