सी डिभिजन लिग छनौटमा मनमैजुको जित

काठमाडौं । सी डिभिजन लिग छनौट फुटबलमा मनमैजु फुटबल क्लब विजयी भएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार सम्पन्न खेलमा मनमैजुले भरतपुर फुटबल क्लबलाई पराजित गरेको हो ।

मनमैजुले भरतपुरलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

मनमैजुको जितका लागि सुजन महर्जनले निर्णायक गोल गरेका हुन् । उनले खेलको दोस्रो हाफको शुरुवाती चौंथों मिनटमा गोल गरेका थिए ।

यसअघि सी डिभिजन लिग छनौट अन्तर्गत मंगलबार नै दुई खेल सम्पन्न भएको थियो ।

आज भएको पहिलो खेलमा बागमति युवा क्लबले न्यु स्टार क्लबसँग २-२ गोलको बराबरी खेलेको थियो ।

यस्तै दोस्रो खेलमा नयाँपाटी युवा क्लबले पुदुरकोट युवा क्लबलाई ४-१ गोल अन्तरले पराजित गरेको थियो ।

देशभरबाट कुल ७८ क्लबको सहभागिता रहेको छनौट प्रतियोगिताबाट शिर्ष तीन क्लब सी डिभिजन लिगमा बढुवा हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :