नेपालको कमजोर प्रदर्शन,ओमानसामु १९७ रनको लक्ष्य

काठमाण्डौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमानबिरुद्धको एकदिवसीय अन्तराष्ट्रियमा नेपालले ओमानलाई १९७ रनको लक्ष्य दिएको छ ।

ओमानको अल अमिरात क्रिकेट मैदानमा नेपाल टस जितेर ब्याटिङ्ग गरेको नेपाल ४७ दशमलब ४ ओभरमा अलअलाउट हुँदै जम्मा १९६ रनमा समेटिन पुग्यो ।

नेपालका लागी ओपनर आशिफ शेखले ९० रनको अर्धशतकिय पारी खेले । शतक बनाउन मात्र १० रनले चुकेका आशिफले ११२ बलमा १ छक्का र ७ चौकाको मद्दतमा ९० जोडे । उनी बिलाल खानको बलमा बोल्ड आउट भएका थिए ।

यस्तै कप्तान ज्ञानेन्द्र मल्ल २१ रनमा आउट हुदाँ रोहितकुमार पौडेलले २० रन जोडे ।

नेपालका लागी करण केसीले २१ रन जोड्दा सन्दीप लामिछानेले १६ रन बनाए । सोमपाल कामी ७ रनमा बनाउँदा रनआउट हुन पुगे ।

ओमानको बलिङ्गमा बिलाल खानले ४ विकेट लिए । उनले आशिफ बाहेक कुशल भुर्तेल (०), कुशल मल्ल(४) र बिक्रम शोब (२) लाई मैदान बाहिर पठाए ।

ओमानका नेस्टर धम्बाले २ र मोहम्मद नदीमले १ विकेट लिए । धम्बाले रोहित र विनोद भण्डारीलाई आउट गर्दा कप्तान ज्ञानेन्द्र नदीमको सिकार भए ।

हिजो भएको पहिलो एकदिवसीयमा अमेरिकालाई ५ विकेटले हराउँदै नेपालले विजयी शुरुवात गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :