नेपालबिरुद्ध ओमानको जतिन्दरले बनाए शतक

काठमाण्डौं । ओमानका ओपनर ब्याट्सम्यान जतिन्दर सिंह्दे नेपालबिरुद्ध शतक प्रहार गरेका छन् ।

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमानमा जारी त्रिकोणात्मक श्रृंखलाको दोश्रो खेलमा नेपालले दिएको १९७ रनको लक्ष्य पछ्याउने क्रममा ओमानका ओपनर जतिन्दर सिंहले शतक बनाएका हुन् ।

उनले विष्फोटक ब्याटिङ्गको प्रदर्शन गर्दै ६० बलमा ११ चौका र ६ छक्काको मद्दतमा १०३ रन बनाएर खेलिरहेका छन् ।

अहिले ओमानले २६ ओभरमा ओभरमा १५८ रन बनाएर जवाफि ब्याटिङ्ग गरिरहेको छ ।

ओमानलाई जितको लागि २५ ओभरमा ३९ रनको आवश्यक रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :