ओमानसँग नेपालको लगातार तेश्रो हार

काठमाण्डौं । आईसीसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गत नेपाल ओमानसँग पराजित भएको छ ।

ओमानको अल अमिरातमा भएको प्रतियोगिताको दोश्रो खेलमा नेपाल ओमानसँग ६ विकेटले पराजित भएको हो । यो नेपालको ओमानसँग लतागर तेश्रो पटक एकदिवसीय क्रिकेट हार हो ।

यसअघि नेपालमा भएको लिग २ को खेलमा ओमानसँग भएको दुईवटा एकदिवसीय खेलमा पनि नेपाल हारेको थियो ।

आजको खेलमा नेपालले दिएको १९७ रनको सामान्य लक्ष्य ओमानले जम्मा ३२ओभरमा ५ विकेटको क्षतिमा पुरा गर्याे ।

ओमानलाई जित दिलाउन उसका ओपनर ब्याट्सम्यान जतिन्दर सिंहले विष्फोटक ब्याटिङ्ग गर्दै ६२ बलमा १२ चौका र ६ छक्काको मद्दतमा १०७ रनको शतकिय पारी खेले ।

नेपालको लागि कुशल मल्ले र करण केसीले दुई दुई विकेट लिदाँ सुशान भारीले एक एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ्ग गरेको नेपालले फितलो प्रदर्शन गरेपछि ४७ दशमलब ४ ओभरमा अल आउट हुँदै जम्मा १९६ रनको यागफल मात्र तयार पार्न सक्यो ।

ओपनर आशिफ शेखले ११२ बलमा ९० रनको सर्वाधिक रनको पारी खेले भने ६ जना ब्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेनन् ।

नेपाललाई सस्तैमा समेट्नका लागि ओमानका बिलाल खानले १० ओभरमा ४७ रन खर्चदै ४ विकेट लिए भने नेस्टर धाम्बाले दुई विकेट झारेका थिए ।

यसअघि हिजो भएको पहिलो खेलमा नेपालले अमेरिकामाथि ५ विकेटको जित हासिल गरेको थियो । नेपालले तेस्रो खेलमा भदौ १७ मा अमेरिकासँग खेल्ने छ । 

जितसँगै ओमानले लिग २ को ११ खेलमा १८ अंक जोड्दै शिर्ष स्थानलाई थप मजबुत बनाएको छ । नेपालको ६ खेलमा ५ अंक छ । नेपाल तालिकाको छैठौं स्थानमा छ ।

सन्दिप स्वास्थ्यका कारण मैदान बाहिर

आजको खेलमा सन्दिप लामिाछानेको स्वास्थ्यमा समस्या भएपछि उनले आज बलिङ्ग गर्न सकेनन् ।

खेल चलिरहेको दौरान उनले एक्कासी पेट दुखेको समस्या बताएपछि उनलाई थप परिक्षणको लागि अस्पताल लग्ने योजना रहेको थियो तर पछि बिस्तारै पेट दुखाई कम भएपछि उनी पभिलियनमा आराम गरे बसेका थिए ।

उनको अनुपस्थितीमा नेपाली बलिङ्ग लाईनअप केही कमजोर बनेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :