वर्ल्ड मिलिटरी बक्सिङ्ग च्याम्पियनसिपमा सहभागि खेलाडीहरुको बिदाई

काठमाण्डौं । अन्तराष्ट्रिय सेना खेलकुद परिषद् (सिआइएसएम) को आयोजनामा रसियामा हुने ‘५८औँ वर्ल्ड मिलिटरी बक्सिङ च्याम्पियनसिप २०२१’ मा सहभागि हुने नेपाली सेनाका खेलाडीहरुलाई बिदाई गरिएको छ ।

नेपाली सेनाको मुख्यालय भद्रकालीमा आज प्रतियोगितामा सहभागि हुन जाने नेपाल आर्मीका ८ खेलाडीसहित १५ जना टोलिलाई नवनियुक्त प्रधानसेनापति प्रभुराम शर्मा लगायतले बिदाई गरेका हुन् ।

मस्कोमा हुने बक्सिङ्ग च्याम्पियनसिपमा प्रेम चौधरी, आशिष दुवाडी, दानबहादुर दर्लामी, सुशील थापा, मिनु गुरुङ, पुनम रावल, विमला श्रेष्ठ र चन्द्रकला थापाको सहभागिता रहनेछ ।

बिदाई कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रमेश सिलवाल र नेपाल बक्सिङ्ग संघका अध्यक्ष राम अवालेको सहभागिता रहेको थियो ।

प्रतियोगितामा नेपाललगायत विश्वका ३९ देशका ४९ महिला खेलाडीसहिततीन सय जना खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :