लुकाकुको गोलमा चेल्सीको विजयी शुरुवात

युरोपियन च्याम्पियन्स् लिगको उपाधि रक्षा गर्ने दौडमा चेल्सीले जितको साथ प्रतियोगिताको शुरुवात गरेको छ ।

मंगलबार राति सम्पन्न च्याम्पियनस् लिगको खेलमा साविकको विजेता चेल्सीले जेनिट सेन्ट पिटर्सबर्गलाई १–० गोल अन्तरले पराजित गरेको हो ।

उसको जितमा ईन्टर मिलानबाट यसै सिजन क्लबमा भित्रिएका रोमेलु लुकाकुले गरेको एकमात्र गोल निर्णायक बन्न पुग्यो ।

गोलको लागि पिटर्सबर्गसाग निक्कै प्रतिस्पर्धा गर्नुपरेको चेल्सीले दोश्रो हाफमा आक्रमणलाई तिव्रता दिएको थियो ।

खेलको ६९औं मिनटमा सिजर एज्पिलिकुएटाको क्रसमा लुकाकुले हेडर गोल गर्दै चेलसीलाई जित दिलाएका थिए ।

चेल्सी समूह एचमा रहेको छ । यस समूहमा युभेन्ट्स,पिटर्सबर्ग र माल्मो रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :