च्याम्पियन्स् लिगमा युभेन्ट्सको जित

माल्मोलाई हराउँदै ईटालियन क्लब युभेन्ट्सले युरोपियन च्याम्पियन्स् लिगमा विजयी शुरुवात गरेको छ ।

मंगलबार राति सम्पन्न च्याम्पियन्स् लिगको खेलमा घरेलु टोलि माल्मो युभेन्ट्ससँग ३–० गोल अन्तरले पराजित भएको हो ।

युभेन्ट्सको जितमा लोबो सिल्भा,पाउलो डिबाला र आल्भारो मोराटाले एक एक गोल गरे ।

युभन्ट्सले तिनैवटा गोल खेलको पहिलो हाफमा गरेको थियो ।

खेलको २३औं मिनटमा सिल्भाको गोलमा युभेन्ट्सले शुरुवाती अग्रता बनाएको थियो ।

यसपछि पहिलो हाफको अन्तिम ८६ सेकेण्डमा युभन्ट्सले दुईवटा गोल गर्न सफल भएको थियो ।

खेलको ४५औं मिनटमा मोराटालाई माल्मोका लास्से निल्सेनले फाउल गर्दा पाएको पेनल्टीमा डिबालाले गोल गर्दै युभेन्ट्सलाई खेलमा २–० गोलको अग्रता दिलाए ।

लगतै पहिलो हाफको ईन्ज्युरी समयमा मोरोटाले गोल गर्दै युभेन्ट्सलाई ३–० गोल अन्तरको अग्रता दिलाउन सफल भए ।

यो मोरोटाको च्याम्पियनस् सलगमा १४औं गोल हो र उनले रोनाल्डोको युभेन्ट्सबाट गरेको च्याम्पियन्स् लिग गोलको बराबरी समेत गरेका छन् ।

समूह एचमा रहेको युभेन्ट्सले अब दोश्रो खेलमा चेल्सीको सामना गर्नेछ ।

यी दुईबिचको खेल सेप्टेम्बर २९ मा युभेन्ट्सको मैदानमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :