लेवान्डोस्की चम्कँदा बार्सा वायर्नसँग पराजित

युरोपियन च्याम्पियन्स लिगमा बार्सिलोनाले जर्मन क्लब वायर्न म्युनिखसँग स्तब्ध बन्दै सिजनको शुरुवात गरेको छ ।

मंगलबार राति सम्पन्न च्याम्पियन्स् लिगको पहिलो खेलमा बार्सिलोना आफ्नै मैदानमा वायर्न म्युनिखसँग ३–० गोल अन्तरले पराजित भएको हो ।

वायर्नलाई जित दिलाउन रोबर्ट लेवान्डोस्कीले दुई तथा थोमस मुलरले एक गोल गरे ।

खेलको ३४औं मिनटमा लिरो सानेको असिस्टमा मुलरले गोल गर्दै वायर्नलाई अग्रता दिलाएका थिए ।यसै गोलमा वायर्नले पहिलो हाफमा बार्सामाथि १–० गोल अन्तरको अग्रता कायम गरेको थियो ।

यसपछि दोश्रो हाफमा लेवान्डोस्कीले वायर्नका लागि थप दुई गोल गरे ।

खेलको ५६औं मिनटमा लेवान्डोस्कीले गोल गर्दै वायर्नको अग्रता दोब्बर बनाए ।

यसपछि खेलको ८९औं मिनटमा गोल गर्दै लेवान्डोस्कीले वायर्नलाई ३–० गोल अन्तरको जित दिलाए ।

समूह ई मा वायर्न र बार्सिलोनाबाहेक बेनिफिका र डाइनामो किइभ रहेका छन् ।
बेनिफिका र किइभले गएराति नै भएको खेलमा गोलरहित बराबरी खेलेका छन् ।

पहिलो हारले बार्सालाई समूह ई को अन्तिममा पुर्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :