मालिङ्गाको सन्यास

टि २० क्रिकेट ईतिहासको सबैभन्दा सफलतम क्रिकेटर लासिथ मालिङ्गाले क्रिकेटबाट सन्यास लिएका छन् ।

सन् २०१४ को विश्व टि २० क्रिकेटको उपाधि जितेका ३८ वर्षिय मालिङ्गाले यो फर्म्याटमा १०७ अन्तरािष्ट्रय विकेट लिएका छन् ।

सन् २०११ मा टेष्ट क्रिकेटबाट सन्यास लिएका मालिङ्गाले २०१९ मा एकदिवसीय क्रिकेटबाट बिदा लिएका थिए ।

उनले मंगलबार फ्रेन्चाईज क्रिकेट समेत नखेल्ने गरी क्रिकेटबाट सन्यासको घोषणा गरेका हुन् ।

मालिङ्गाले सन्यास लिने क्रममा खेलेका सबै खेलाडी सहकर्मीलाई आफ्नो करियरमा दिएको साथ र सहयोगको निम्ति धन्यवाद ब्यक्त गरेका छन् ।

मालिङ्गाले २०२० को मार्चमा श्रीलंकाबाट अन्तिमपटक टि २० अन्तराष्ट्रिय खेलेका थिए । तर आउँदो टि २० विश्वकपका लागि उनी श्रीलंकाको टोलिमा पर्न सकेनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :