धाविका फ्रान्साइनले बनाईन् विश्व किर्तिमान

बुरुन्डीकी २८ वर्षिय धाविका फ्रान्साइन नियोन्साबले महिला दुई हजार मिटर दौडको विश्व किर्तिमान बनाएकी छिन् ।

क्रोयसियास्थित जागे्रवमा मंगलबार महिला तर्फको दुई हजार मिटरको निर्धारित दुरी ५ मिनट २१ दशमलव ५६ सेकेण्डमा पुरा गर्दै विश्व किर्तिमान बनाएकी हुन् ।

यस अघि महिला दुई हजार मिटरको दौड सबैभन्दा कम समयमा पुरा गर्ने विश्व किर्तिमान आयरल्याण्डकी सोनिया ओ सुलिभानको नाममा थियो ।

उनले सन् १९९४ मा निर्धारित दुरी मिनट २५ दशमलव ३६ सेकेण्डमा पुरा गर्दै विश्व किर्तिमान स्थापित गरेकी थिइन् ।

केहि समयअघि जापानमा सम्पन्न टोकियो ओलम्पिमा फ्रान्साइन महिलातर्फ दश हजार मिटरको दौडमा उनी पाँचौ स्थानमा रहेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :