सी डिभिजन लिग छनौटमा चोरगन फुटबल क्लब विजयी

काठमाडौं । ललितपुरमा जारी सी डिभिजन लिग छनौट फुटबल अन्तर्गत बुधकार भएको पहिलो खेलमा चोरगन फुटबल क्लब विजयी भएको छ ।

एन्फा कम्प्लेक्समा भएको खेलमा चोरगनले बीएमके श्री कुमारी क्लबलाई पराजित गरेको हो ।

चोरगनले श्री कुमारीलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

चोरगनको जितका लागि विवस अड्का र प्रिन्स व्यञ्जनकारले एक एक गोल गरेका हुन् ।

विवसले खेलको ५५ औं मिनटमा गोल गर्दा प्रिन्सले इन्जुरी सयममा गोल गर्दै टिमलाई २-० को जित दिलाए।

देशभरबाट कुल ७८ क्लबले सहभागिता जनाएको छनौट प्रतियोगिताबाट शिर्ष तीन क्लब सी डिभिजनमा बढुवा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :