च्याम्पियन्स् लिगमा आज ८ खेल हुने

युरोपियन च्याम्पियनस् लिगको नयाँ सिजन अन्तर्गत आज ८ वटा खेलहरु हुने छन् ।

आज हुने च्याम्पियन्स्.लिगको खेलमा समूह ए देखि समूह डि सम्मका खेलहरु हुने तालिका रहेको छ ।

यसअघि मंगलबार राति समूह ई देखि समूह एचका पहिलो चरणका खेलहरु भएका थिए ।

आज मध्यरातमा समूह एको खेलमा ईङ्गलिश क्लब म्यान्चेस्टर सिटीले घरेलु मैदानमा जर्मन क्लब आरबी लाईप्जिगको सामना गर्नेछ ।

यसै समूहको अर्काे खेलमा बेल्जियन क्लब ब्रुजले फ्रेन्च क्लब पीएसजीसँग आफ्नै मैदानमा खेल्नेछ ।

समूह बीको खेलमा ईङ्गलिश क्लब लिभरपुलले आफ्नै मैदानमा ईटालियन क्लब एसी मिलानसँग प्रतिस्पर्धा गर्नेछ ।

समूह बी कै खेलमा स्पेनिस क्लब एट्लेटिको मड्रिडले घरेलु मैदानमा पोर्चुगिज क्लब एफसी पोर्टाेको सामना गर्नेछ ।

यस्तै आजै हुने अर्काे खेलमा समूह सीको टर्किस क्लब बेसिक्तासले जर्मन क्लब बोरुसीया डर्टमण्डलाई आफ्नो घरमा स्वागत गर्नेछ ।

यसै समूहको पोर्चसगिज क्लब स्पोर्टिङग्ले नेदरल्याण्ड्सको क्लब आयाक्ससँग खेल्नेछ ।

समूह डीको खेलमा मोल्दोभाको क्लब सेर्रिफ तिरास्पालले घरेलु मैदानमा युक्रेनियन क्लब साख्तर डोनेस्कसँग आमने सामने हुनेछ ।

समूह डी को अर्काे खेलमा आज ईटालियन क्लब ईन्टर मिलानले स्पेनिस क्लब रियाल मड्रिडसँग आफ्नै घरेलु मैदानमा खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :