फुटसल लिगः लगातार दोस्रो जितसहित द राईजिङ क्लब धरान शीर्ष स्थानमा

पोखरा । राष्ट्रिय ए डिभिजन फुटसल लिगमा लगातार दोस्रो जितसहित द राईजिङ क्लब धरान शीर्ष स्थानमा उक्लिएको छ ।

पोखरास्थित बहूदेशीय कभर्डहलमा सोमबार भएको खेलमा प्रभातफेरी युथ क्लबलाई फराकिलो गोल अन्तरले पराजित गर्दै राईजिङ क्लब शीर्ष स्थानमा उक्लिएको हो ।

राईजिङ क्लबले प्रभातफेरीलाई ११-५ गोल अन्तरले पराजित गरेको हो । राईजिङको जितका लागि रेवोश मास्के र विकु तामाङले ह्याट्रिक पुरा गरे ।

यस्तै मिलन राईले दुई गोल गर्दा सुदिप गुरुङ, दोर्जे तामाङ र मिलन लिम्बु एक एक गोल गरे । यसैगरि प्रभातफेरीका लागि धिरज श्रेष्ठले दुई गोल गर्दा सिजन गुरुङ, रिजेस पुरी र धिरज जोसीले एक एक गोल गरे ।

यस जितसँगै दुई खेलबाट ६ अंकसहति राईजिङ क्लब तालिकाको शीर्ष स्थान उक्लिएको छ । समान खेलमा अंक बिहीन प्रभातफेरी तालिकाको पुछारमा रहेको छ ।

शनिबारबाट शुरु भएको लिग असोज २२ गतेसम्म संचालन हुनेछ । प्रतियोगितामा १० फुटसल क्लबको सहभागिता रहेको छ भने विजेताले १० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ ।

यस्तै उपविजेताले ५ लाख रुपैयाँ नगद पुरस्कार पाउनेछ । प्रतियोगिता अखिल नेपाल फुटबल संघ ९एन्फा० ले आयोजना गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :