कोलकातासँग ब्याङ्गलोरको लज्जास्पद हार

ईण्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाईट राइडर्सले शानदार जित हासिल गरेको छ ।

युएईको आबुधाबीमा सम्पन्न सोमबार राति सम्पन्न आईपीएलको खेलमा कोलकाताले रोयल च्यालेञ्जर्स ब्याङ्गलोरलाई ९ विकेटको फराकिलो अन्तरले हराएको हो ।

ब्याङ्गलोरले दिएको ९३ रनको सामान्य लक्ष्य कोलकाताले १० ओभरमा जम्मा एक विकेटको क्षतिमा पुरा गर्न सफल रह्यो ।

उसको जितमा ओपनर शुभमन गिल र भेङ्कटेश ऐयरले ९ दशमलब १ ओभरमा ८२ रनको साझेदारी गर्दै कोलकातालाई सहज जिततर्फ उन्मुख गराएका थिए ।

शुभमनले ३४ बलमा ६ चौका र १ छक्को मद्दतमा ४८ रन बनाउँदा भेङ्कटेश २७ बलमा ७ चौका र १ छक्काको मद्दतमा ४१ रनमा अविजित रहे ।

यस्तै शुभमनको विकेटपछि आएका आन्द्रे रसेलले कुनै पनि बलको सामना गर्नुपर्ने अवस्था नै आएन ।

शुभमनको एक् मात्र विकेट ब्याङ्गलोरका युज्वेन्द्र चहालले लिएका थिए ।

यसअघि कोलकाताको कसिलो बलिङ्गको सामना गर्न हम्मे हम्मे परेको ब्याङ्गलोरको टोलि पहिले ब्याटिङ्ग गर्दै जम्मा ९२ रनमा समेटिएको थियो ।

उसका लागि ओपनर देवदत्त पडिकलले सर्वाधिक २२ रनको ईनिङ्ग खेल्दा ओपनर जोडीको रुपमा आएका कप्तान विराट कोहली ५ रन बनाउँदै पभिलियन फर्किएका थिए ।

ब्याङ्गलोरका ७ जना ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

कोलकाताका लागि बलिङ्गमा वरुण चक्रवर्ती र आन्द्रे रसेल दुबैले समान ३–३ विकेट लिए ।

जितसँगै ८ खेलमा ६ अ‍ैक जोड्दै कोलकाता पाँचौ स्थानमा उक्लिएको छ भने ब्याङ्गलोर समान खेलमा १० अंकका साथ तेश्रो स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :