राष्ट्रिय क्रिकेट टोलि नेपाल आईपुग्यो

काठमाण्डौं । आईसीसी पुरुष विश्वकप क्रिकेट लिग २ मा सहभागि भएर नेपाली राष्ट्रिय क्रिकेट टोलि ओमानबाट मंगलबार बिहान नेपाल आईपुगेको छ ।

ओमानमा भएको आईसीसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गतको त्रिकोणात्मक श्रृंखला खेलेर राष्ट्रिय क्रिकेट टोलि आज बिहान नेपाल आईपुगेको हो ।

टोलि बिहान ७ २५ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आईपुगेको हो । टोलिलाई नेपाल क्रिकेट संघ (क्यान)का सदस्य छुम्बी लामाले स्वागत गरेका थिए ।

ओमानमा रहँदै राष्ट्रिय टोलिको प्रशिक्षक पदबाट राजिनामा दिएका डेभ ह्वाट्मोर भने ओमानबाट सिधै भारततर्फ गएका छन् ।

टोलिले ओमान भ्रमणको क्रममा लिग २ अन्तर्गत खेलेको ४ खेलमा दुईमा जित र दुईम हारको सामना गरेको थियो ।

पहिलो खेलमा अमेरिकालाई ५ विकेटले पराजित गरेको नेपालले दोश्रो खेलमा घरेलु ओमानसँग ५ विकेटले हारको सामना गरेको थियो ।

यस्तै श्रृंखलाको तेश्रो खेलमा नेपाल अमेरिकासँग ६ विकेटले हार ब्यवहोर्न बाध्य बन्यो । यो नेपालको अमेरिकासँग एकदिवसीय क्रिकेटमा पहिलो हार थियो ।

चौथो तथा अन्तिम खेलमा नेपालले ओमानमाथि ७ विकेटको जित हासिल गरेको थियो । ओमानसँग नेपालको यो पहिलो एकदिवसीय जित हो ।

छैठौं स्थानबाट ओमान भ्रमणको लिग २ शुरु गरेको नेपाल समग्रमा दुई जित र दुई हारको नतिजाका साथ अंकतालिकाको चौथो स्थानमा उक्लिन सफल रह्यो ।

नेपालको ८ खृलमा ८ अंक छ भने दोश्रो स्थानको अमेरिकाको १६ खेलमा १४ अंक छ ।

यस्तै शिर्ष स्थानमा रहेको ओमानको १४ खेलमा २२ अंक भएको छ ।

नेपालले लिग २ खेल्नुअघि ओमान भ्रमणकै क्रममा पीएनजीसँग दुईवटा एकदिवसीय खेलको श्रृंखला खेलेको थियो । उक्त श्रृंखला नेपालले २–० ले जितेको थियो ।

पहिलो एकदिवसीय श्रृंखलाको पहिलो खेलमा नेपाल २ विकेटले विजयी भएको थियो भने दोश्रोमा १५१ रनको विशाल अन्तरले जित हासिल गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :