ग्रानडासँग हारबाट जागियो बार्सिलोना

खेलको अन्तिम मिनटमा रोनाल्ड अराउजोले गोल गर्दा बार्सिलोना हारबाट जोगिएको छ ।

क्याम्प नावमा सोमबार राति सम्पन्न स्पेनिस लालिगाको खेलमा बार्सिलोनाले ग्रानडासँग संघर्षपूर्ण बराबरी गरेको हो ।

ग्रानडाका लागि डोमिङ्गो डुआर्टेले एक गोल गरेका थिए ।

खेलको दोश्रो मिनटमा नै सर्जियो एस्कोडुरोको पासमा डुआर्टेले गोल गर्दै ग्रानडालाई शुरुवाती अग्रता दिलाएका थिए ।

खेल अवधिभरि बार्सिलोनाले बल आफ्नो पकडमा राख्दै गोलको मौकाहरु पनि सिर्जना गरेको थियो । तर सिर्जित गोलको अवस्थालाई बार्साले परिणत गर्न भने असमर्थ रहँदा ग्रानडामाथि जित नकाल्न सकेन ।

खेलको ९०औं मिनटमा पाब्लो गाभिराको पासमा अराउजोले गोल गर्दै बार्सालाई बराबरी गोल दिलाए ।

लियोनल मेस्सि पीएसजी जानु र उसका चार जना फरवार्डहरु चोटिल बन्नुले बार्साको ष्यस सिजनको शुरुवात खराब बन्दै गईरहेको छ । जसका कारण प्रशिक्षक रोनाल्ड कोम्यानको बार्साको भविष्यमा समेत प्रश्न उठ्न शुरु भईसकेको छ ।

बराबरी खेलेको बार्सा ४ खेलमा ८ अंकका साथ सातौ स्थानमा छ ।

अर्काेतर्फ ५ खेलमा ३ अंक बनाएको ग्रानडा १७औं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :