ईङ्गल्याण्डको पाकिस्तान भ्रमण रद्द

ईङ्गल्याण्ड क्रिकेट बोर्ड (ईसीबी) ले सुरक्षा कारणले पाकिस्तान भ्रमण रद्द गरेपछी पाकिस्तान क्रिकेटलाई अर्को ठूलो धक्का लागेको छ ।

ईङ्गल्याण्डको पुरुष र महिला दुबै टोलीले अक्टोबरमा पाकिस्तानविरुद्ध श्रृंखला खेल्ने तालिका रहेको थियो तर चार दिन पहिले न्यूजील्याण्डले सुरक्षा कारण देखिउदै खेल शुरु हुन केही मिनट बाँकी रहदाँ भ्रमण रद्द गर्दै स्वदेश फर्किएको थियो ।

यस घटना पछी ईङ्गल्याण्डले पाकिस्तानका सुरक्षा अवस्था बुझ्न एक टोलिलाई पाकिस्तान पठाएको थियो । उक्त टोलिले पाकिस्तानले ईङ्गल्याण्डको पुरुष र महिला दुबै टोलीले पाकिस्तान भ्रमण गर्नु असुरक्षित भएको निश्कर्ष निकाले पछी ईसीबीले श्रृंलला रद्द गर्ने निर्णय गरेको हो ।

ईङ्गल्याण्डको पुरुष र महिला दुबै टोलीले अक्टोबर १३ र १४ मा पाकिस्तानको पुरुष र महिला टोलीहरुसंग दुई टी–२० आई खेल्ने कार्यक्रम थियो ।

त्यस पछि ईङ्गल्याण्डको पुरुष टीम घर फर्कने तालिका थियो भने महिला टोलिले १७ देखि २१ अक्टोबर सम्म ३ एकदिवसीय खेलको श्रृंखला खेल्नु पर्ने थियो ।

ईसीबीले आफ्नो विज्ञप्तिमा भनेको छ ,‘हामी हाम्रा पुरुष र महिला टोली पाकिस्तान पठाउने थियौं, तर वर्तमान स्थितिलाई ध्यानमा राख्दै भ्रमण रद्द गरेका छौ ।ईसीबीका लागी खेलाडीहरुको मानसिक र शारीरिक स्वास्थ्य सुरक्षा सर्वोपरि छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :