लिभरपुलका मिडफिल्डर थियागो अलाकान्टराले २ खेल गुमाउने

प्रिमियर लिग क्लब लिभरपुलका मिडफिल्डर थियागो अलाकान्टराले चोट बोकेका छन् ।

चोटका कारण थियागोले लिभरपुलका लागी आगामी २ खेल गुमाउने भएका छन् ।

शनिवार एनफिल्ड मा सम्पन्न क्रिस्टल प्यालेसविरुद्धको खेलमा स्पेनिस अन्तर्राष्ट्रिय ले चोट बोकेका थिए ।

खेलको दोस्रो हाफमा उनको खुट्टामा चोट लागेको थियो ।

सो खेल लिभरपुलले ३–० ले आफ्नो पक्षमा पारेको थियो ।

चोटका कारण उनले काराबाओ कप अन्तर्गत मंगलबार नर्विच सिटीविरुद्ध खेलिने खेल र प्रिमियर लिगमा शनिबार खेलिने ब्रेन्टफोर्डविरुद्धको खेल गुमाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :