अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा मन्देको दुईसहित नेपाललाई चार स्वर्ण

काठमाडौं । जर्मनीमा सम्पन्न चिम्निज ओपन अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा नेपाललाई ४ स्वर्ण र २ कास्य गरि ६ पदक प्राप्त भएको छ ।

शनिबार राती सम्पन्न प्रतियोगितामा सहभागी खेलाडीहरुले नेपाललाई ६ पदक दिलाउन सफल भएका हुन् ।

१३ औं सागका दोहोरो स्वर्ण पदक विजेता कराते खेलाडी मन्देकाजी श्रेष्ठले सिनियर एकल कातातर्फ र ३० बर्षमाथि को एकल काता उमेर समूहमा गरि दुई स्वर्ण पदक जितेका छन् ।

यसैगरी मुकुन्द महर्जनले ३० वर्ष उमेर समूह माथियको स्पर्धामा स्वर्ण र ७५ के.जि तर्फ कास्य पदक जिते ।

प्रतियोगिताकै सिनियर एकल कातातर्फ नेपालबाट सहभागि सुमन तिमिल्सिना ले कास्य पदक र आफ्नो उमेर समूह तर्फ स्वर्ण पदक जित्न सफल भए ।

प्रतियोगितामा जर्मन, पोल्याण्ड , अस्ट्रिया, अजर्बैजान, इरान, नेदरल्याण्ड ,स्पेन, बेल्जियम लगायत देशको सहभागी रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :