कालभैरब खुल्ला जुनियर उसु हुने

काठमाडौं । कालभैरब उसु क्वानको आयोजनामा असोजमा प्रथम कालभैरब खुल्ला जुनियर उसु प्रतियोगिता हुने भएको छ।

दशरथ रङ्गशाला स्थित मिनि कभर्डहलमा हुने कालभैरब उसु क्वान प्रतियोगितामा ४० भन्दा बढी उसु क्वानका करिब ३०० जना खेलाडीहरुको सहभागीता रहने आयोजकका अध्यक्ष निकेश श्रेष्ठले पत्रकार सम्मेलनमा जानकारी गराएका छन् ।

प्रतियोगितामा सान्सौमा २० र थाउलोमा १८ गरि जम्मा ३८  स्पर्धामा प्रतिस्पर्धा हुने कार्यक्रम संयोजक अमर पुलामी मगरले बताएका छन्।

जुनियरबाटै भविष्यमा प्रतिभावान खेलाडीको पहिचान गर्न सकिने भएकोले यो प्रतियोगिता गराउन लागिएको हो । कोभिड(१९ का कारण लामो समय उसुका कुनै प्रतियोगिता नभएकोले उसु खेलसंग अबद्ध ब्यक्तित्वहरु मिलेर यो प्रतियोगिता आयोजना गरिएको हो ।

यस जुनियर उसु प्रतियोगिताले खेलाडीहरुमा नयाँ जोस र उर्जा थप्नुका साथै खेलाडीहरुको खेलस्थर वृद्धिमा समेत टेवा पुग्ने आशा गरेका छौ ।

करिब ७ लाख ५० हजार अनुमानित वजेटमा गर्न लागिएको यस प्रतियोगिताको लागि आर्थिक सहयोग भने खेलाडी तथा खेलप्रेमी महानुभावहरुबाट संकलन गरिएको कोषाध्यक्ष विजय सिंजालिले बताएका छन् ।

प्रतियोगिता असोज २० र २१ गते हुने छ।

यस कार्यक्रमका प्रमुख अतिथिको रुपमा पूर्व स्वास्थ मन्त्री एवम् सभासद प्रतिनिधिसभा माननीय गगन थापा रहने साथै उहाँ बाट १३ औ दक्षिण एसियाली खेलकुदमा सहभागी उसु खेलाडीहरुलाई सम्मान तथा प्रोत्साहन गर्ने कार्यक्रम समेत रहेको यस प्रतियोगिताका सचिव हरि प्रसाद गोलेले बताएका  छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :