फुटसल लिग: फाईनल पुग्न शंखमुल र द राइजिङ्ग भिड्दै

पोखरा । ए डिभिजन फुटसल लिगको फाईनलमा स्थान बनाउन विहिबार शंखमुल फुटसल र द राइजिङ्ग क्लब धरान प्रतिस्पर्धा गर्दै छन् ।

पोखराको बहुउद्देश्यीय कभर्डहलमा हुने खेलमा शंखमुल फुटसल र द राइजिङ्गबिचको दोस्रो क्वालिफायर दिउँसो १२:३० बजे सुरु हुनेछ ।

दुबै टिम आजको खेलमा जित हात पार्दै उपाधिका लागि स्पोर्ट्स क्यासल पोखरासंगको भेट पक्का गर्ने योजना सहित मैदान उत्रने छन् ।

घरेलु टोलि स्पोर्ट्स क्यासलले प्रतियोगिताको पहिलो क्वालिफायरमा राइजिङ्ग क्लबलाई पराजित गर्दै सिधै फाईनलमा स्थान बनाएको थियो भने संखमुलले एलिमिनेटरमा सबिन मेमोरियललाई परारजित गर्दै राइजिङ्गसँगको भेट पक्का गरेको हो ।

आज जित्ने टिमले असोज २२ गते शुक्रबार स्पोर्ट्स क्यासलसँग उपाधिका लागी प्रतिस्पर्धा गर्ने छ ।

लिगको विजेताले १० लाख र उपविजेताले ५ लाख पाउने छ । यस्तै विधागत उत्कृष्ट गोलकिपर, उत्कृष्ट विंगर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट प्रशिक्षक र इमर्जिङ खेलाडीले जनही २५–२५ हजार प्राप्त गर्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :