फुटसल लिगः उपाधिका लागि पोर्ट्स क्यासल र शंखमुल भिड्दै

पोखरा । पहिलो संस्करणको ए डिभिजन फुटसल लिगको फाईनल खेल आज (शुक्रबार) हुँदैछ ।

पोखराको बहुउद्देश्यीय कभर्डहलमा हुने उपाधि भिडन्तका लागि घरेलु टोलि स्पोर्ट्स क्यासल पोखरा र शंखमुल फुटसल प्रतिस्पर्धा गर्दै छन् ।

प्रतियोगिताको फाईनल खेल दिउँसो १२:३० बजे सुरु हुनेछ ।

पहिलो क्वालिफायरमा द राइजिङ्ग क्लब धरानलाई पराजित गर्दै स्पोर्ट्स क्यासलले फाईनलमा स्थान बनाएको थियो भने शंखमुलले दोस्रो क्वालिफायरमा राइजिङ्गलाई पराजित गर्दै स्पोर्ट्स क्यासल सँगको भेट पक्का गरेको हो ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा सम्मपन्न हुन लागेको प्रतियोगितामा १० टोली सहभागिता रहेको थियो । लिगको विजेताले १० लाख र उपविजेताले ५ लाख पाउने छ ।

यस्तै विधागत उत्कृष्ट गोलकिपर, उत्कृष्ट विंगर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट प्रशिक्षक र इमर्जिङ खेलाडीले जनही २५–२५ हजार प्राप्त गर्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :