श्रेष्ठलाई हिरोज अवार्ड

भक्तपुर । इन्टरनेसनल फेडरेसन अफ क्योकुसिन काइकान कराते नेपाल (आईएफकेके) ले आफ्ना अध्यक्ष घनश्याम श्रेष्ठलाई शनिबार हिरोज अवार्डबाट सम्मान गरेको छ ।

पेप्सीकोलास्थित स्टार बैंक्युटमा आयोजित कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष सानुराजा महर्जनले श्रेष्ठलाई अवार्ड स्वरुप ट्रफी प्रदान गरे ।

क्योकुसिन करातेको विकास र विस्तारमा उल्लेखनिय भूमिका निर्वाह गरे वापत श्रेष्ठलाई अवार्ड प्रदान गरिएको हो ।

श्रेष्ठ २०४४ सालदेखि क्योकुसिन करातेमा खेलाडीका रुपमा प्रवेश गरेका थिए ।

राष्ट्रिय खेलाडी श्रेष्ठ प्रशिक्षकको भूमिकामा पनि सक्रिय रहेको ब्रान्च चिफ प्रेम लामाले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :