एशियन तेक्वान्दो युनियनमा प्रकाशशम्शेर राणा

काठमाडौं नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाशशम्शेर राणा एशियन तेक्वान्दो युनियनको काउन्सिल सदस्यमा निर्वाचित भएका छन् ।

आइतबार दक्षिण कोरियामा भएको भर्चुअल चुनावबाट राणा युनियनको काउन्सिल सदस्यमा निर्वाचित भएका हुन् ।

एशियन तेक्वान्दो युनियनमा आवद्ध ७० राष्ट्मध्ये निर्वाचनमा ६५ जना सहभागी थिए । जसमा २८ काउन्सिल सदस्य र ३७ विभिन्न राष्ट्का प्रतिनिधि सहभागी थिए ।

राणा यसअघि युनियनमा मनोनित सदस्य थिए ।

राणा नेपाल तेक्वान्दो संघको अध्यक्षका नवनिर्वाचित अध्यक्ष हुन् । गत असोज १६ गते भैरहवामा सम्पन्न चौथो अघिवेशनबाट राणा सर्वसम्मत रुपमा अध्यक्षमा चयन भएका थिए ।

राणाले विं.स २०७० देखि लगातार संघको नेतृत्व गर्दै आएका छन् । उनी २०७० मा झापाको बितामोर्डमा भएको दोस्रो अधिवेशनबाट पहिलो पटक अध्यक्षमा निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :