प्रकाश र कुमारको जोडी च्याम्पियन

काठमाडौं । प्रकाश पराजुली र कुमार पन्तको जोडी दोश्रो रनिङ सिल्ड पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगितामा सोमबार च्याम्पियन बनेका छन् ।

मनकामना टोल सुधार समाज तथा शीतलनगर टोल सुधार समितिद्वारा संयुक्त आयोजित प्रतियोगिताको फाइनलमा प्रकाश र कुमारको जोडीले दीपक लामा र भवानी थापाको जोडीलाई २१–१० र २१–९ को सोझो सेटमा पराजित गरे ।

उपाधि विजेता जोडी मध्येका एक प्रकाश नै प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भए ।

जेष्ठ आइडियोलोजी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको मुख्य प्रायोजनमा भएको प्रतियोगितामा बाबुराम ढकाल र भुवल तामाङको जोडीले तेश्रो स्थानमा चित्त बुझाए ।

विजेतालाई कागेश्वरी मनोहरा नगरपालिका वडा ७ का अध्यक्ष जीवन थापा, मनकामना टोल सुधार समाजका अध्यक्ष बलबहादुर राउत, विष्ट गाउँ तल्लो बस्ती मनकामना टोली सुधार समितिका अध्यक्ष नैनबहादुर कार्की, प्रतियोगिता संयोजक देवीप्रसाद पराजुलीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

प्रतियोगितामा १२ जोडी सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :