नेपाली राष्ट्रिय फुटबल टोलिले मनायो दशैको टिका (फोटो फिचर)

काठमाण्डौं । नेपाली राष्ट्रिय फुटबल टोलिले माल्दिभ्समा टिका लगाउँदै दशैं मनाएको छ ।

माल्दिभ्सको मालेस्थित एक होटलमा खेलाडीसहित सम्पूर्ण राष्ट्रिय टोलिले टिका लगाउँदै दशै मनाएका हुन् ।

टोलिका ब्यवस्थापक मुधसुदन उपाध्यायले बिहान १०:०२ बजेको शुभ साईतमा सबै खेलाडी तथा स्टाफ र पदाधिकारीलाई टिका लगाईदिएका थिए ।

शनिबार हुने साफ च्याम्पियनसिपको भारतसँगको फाईनलअघि सबै टोलिले जितको आशिर्वादसहित टिका ग्रहण गरेका छन् ।

नेपालले भारतसँग भोलि शनिबार पहिलोपटक साफ च्याम्पियनसिपको फाईनलमा प्रतिस्पर्धा गर्न गईरहेको छ ।

नेपालले लिग चरणको तीनमध्ये दुई खेलमा जित र एकमा बराबरी निकाल्दै सात अंकका साथ दोश्रो स्थानमा रहँदै पहिलोपटक साफको फाईनलमा पुगेको हो ।

यस्तै भारत ८ अंकका साथ लिगको चरणको शिर्ष स्थानमा रहँदै फाईनलमा पुगेको हो ।

भारत आठौ उपाधि उचाल्ने दाउँका साथ मैदानमा आर्लनेछ भने नेपाल पहिलो एैतिहासिक उपाधि उचाल्न फाईनलमा मैदानमा आउनेछ ।

यी दुईबिचको फाईनल खेल असोज ३० अर्थात भोलि राति पौने नौ बजेबाट शुरु हुनेछ ।

तस्विर: एन्फा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :