च्याम्पियन्स् लिगमा रियाल मड्रिडको शानदार जित,मिलान पनि विजयी

च्याम्पियन्स् लिगमा रियाल मड्रिडले शाख्तर डोनेस्कमाथि शानदार जित हासिल गरेको छ ।

एनएसके ओलम्पिसमा मंगलबार राति सम्पन्न च्याम्पियन्स् लिग अन्तर्गत समूह डी को खेलमा रियाल मड्रिडले शाख्तरमाथि ४–० गोल अन्तरको एकतर्फि जित हासिल गरेको हो ।

रियालको जितमा एक गोल आत्मघाति उपहार रह्यो भने भिनिसियस जुनियरले दुई तथा रोड्रिगोले एक गोल गरेका थिए ।

खेलको ३७औं सर्जे क्रिभ्स्टोभले गरेका आत्मघाति गोलमा रियाल मड्रिडले पहिलो हाफमा १–० गोल अन्तरको अग्रता बनायो ।

खेलको ५१औं मिनटमा लुको मोड्रिचको पासमा भिनिसियसले गोल गर्दै रियाल मड्रिडको अग्रता दोब्बर बनाए भने यसको पाँच मिनटपछि उनले नै अर्काे गोल गर्दे रियाललाई ३–० गोल अन्तरको अग्रता दिलाए ।

यसपछि खेलको ६५औं मिनटमा भिनिसियसले पास मिलाउँदा रोड्रिगोले गोल गर्दै रियाललाई ४–० गोल अन्तरको जित दिलाए ।

जितसँगै रियाल ३ खेलमा ६ अंकका साथ समूह डि को दोश्रो स्थानमा उक्लिएको छ भने शाख्तर एक अंकका साथ पुछारमा छ ।

यसै समूह अन्तर्गत गएराति नै भएको अर्काे खेलमा ईन्टर मिलानले एफसी सेर्रिफाई ३–१ गोल अन्तरले हराएको थियो ।

हारको बावजुद सेर्रिफ ३ खेलमा ६ अंकका साथ शिर्ष स्थानमा नै छ भने मिलान पहिलो जित निकाल्दै ४ अंकका साथ तेश्रो स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :