टि २० विश्वकप: नामिबिया विजयी,नेदरल्याण्ड्स बाहिरियो

काठमाण्डौं । लगातार दुई खेलमा हार बेहोरेपछि नेदरल्याण्ड्सको आईसीसी टि २० विश्वकपको चुनौती समाप्त भएको छ ।

ओमानको अल अमिरात क्रिकेट स्टेडियममा बुधबार सम्पन्न आईसीसी टि २० विश्वकप अन्तर्गत समूहको क्वालिफाईङ्ग चरणमा नेदरल्याण्ड्स नामिबियासँग ६ विकेटले पराजित भएको हो ।

नेदरल्याण्ड्ले दिएको १६५ रनको लक्ष्य नामिबियाले ४ विकेट गुमाउँदै १९औं ओभरमा पुरा गर्याे ।

नामिबियाको जितमा डेभिड वाइजले ४० बलमा चार चौका र पाँच छक्काको मद्दतमा अविजित ६६ रनको शानदा ईनिङ्ग खेले ।

यसअघि टस हारेर पहिले ब्याटिङ्ग गरेको नेदरल्याण्ड्सको टोलिले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १६४ रनको योगफल तयार पारेको थियो ।

उसका लागि म्याक्स ओ’डाउडले ५६ बलमा ६ चौका र एक छक्काको मद्दतमा ७० रनको ईनिङ्ग खेलेका थिए ।

नामिबियाका लागि ज्यान फ्रिलिङ्कले २ तथा डेभिड वाइजले एक विकेट हात पारेका थिए ।

यो नामिबियाको पहिलो जित हो र यस जितले उसको सुपर १२ चरणमा पुग्ने सम्भावना जिवित राखेको छ ।

दुई खेलमा दुई अंक सहित नामिबिया समूह ए को तेश्रो स्थानमा छ ।

यस्तै लगातार दुई खेल हार्दै अंकविहिन रहेको नेदरल्याण्ड्स विश्वकपको क्वालिफाईङ्ग चरणबाटै बाहिरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :