फाति थप ६ वर्ष बार्सिलोनामै रहने निश्चित

युवा फरवार्ड अन्शु फातिले बार्सिलोनासँथ थप ६ वर्षको सम्झौतामा हस्ताक्ष्र गरेका छन् ।

बार्सिलोनाले बुधबार च्याम्पियन्स् लिगमा आफ्नो पहिलो जित निकाल्न साथ फातिसँगको ६ वर्षको सम्झौताको बारेमा औपचारिक घोषणा गरेको हो । बार्सिलोनाले बुधबार राति डाईनामो किईभलाई जेरार्ड पिकेको गोलको मद्दतमा १–० गोल अन्तरले हराएको थियो ।

सम्झौता पश्चात फाति अब सन् २०२७ सम्म बार्सिलोनामा बस्ने निश्चित भएको छ ।

एक वर्षको लामोसमय पछि घुडाँको चोटमा मुक्त भएर मैदानमा आएका फातिको नयाँ सम्झौतापत्रमा उनको क्लबसँगको अन्तिम अवधि कहिले टुङ्गिने भन्ने पनि खुलाईएको हुनेछ ।

बार्साले चोटबाट मुक्त भएर फर्किएको फातिलाई यसै सिजन क्लबबाट बिदा भएको लियोनल मेस्सिले प्रयोग गरेको नम्बर १० को जर्सि दिएको थियो ।

फातिले गत महिना लेभान्तेबिरुद्धको खेलमा यस सिजनको पहिलो गोल गरेका थिए भने आईतबार राति भएको खेलमा भ्यालेन्सियाबिरुद्ध सिजनको दोश्रो गोल गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :