रश्मीको ५ गोलमा बाग्मति नगरपालिकाको विजयी शुरुवात

आजबाट ललितपुरमा शुरु भएको उपमेयर महिला राष्ट्रिय फुटबल प्रतियोगितामा बाग्मति नगरपालिकाले विजयी शुरुवात गरेको छ ।

सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न उपमेयर महिला राष्ट्रिय फुटबल प्रतियोगिताको उद्घाटन खेलमा बाग्मति नगरपालकिाले महालक्ष्मी नगरपालिकामाथि ९–० गोल अन्तरको शानदार जित दर्ता गरेको हो ।

बाग्मतिको जितमा रश्मीकुमारी घिसिङ्गले ५ तथा रेनुका नगरकोटीले २ तथा अनु लामा र सदिन ब्लोनले समान एक एक गोल गरिन् ।

रश्मी खेलको प्लेयर अफ दि म्याच समेत बनिन् ।

३१ वटा नगरपालिकाको सहभागिता रहेको प्रतियोगिताका टोलिहरुलाई १० समूहमा विभाजन गरिएको छ ।

प्रतियोगिताको विजेता नगरपालिकाले ५ लाख तथा उपविजेता टोलिले ३ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतियोगिताको विजेता तथा उपविजेता टोलिले एन्फाले आयोजना गर्ने राष्ट्रिय लिगका लागि स्थान पक्का गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :