नेपाल फिफा विश्व वरियतामा तल झर्याे

काठमाण्डौं । फिफाले जारी गरेको विश्व वरियतामा नेपाल एक स्थान तल खस्किएको छ ।

फिफाले बिहिबार सार्वजनिक गरेको नयाँ विश्व वरियतामा नेपाल एक स्थान तल झरेको हो ।

साफ च्याम्पियनसिपको फाईनलमा पहिलोपटक पुगेको नेपालको विश्ववरियतामा भने अंक घटेको हो ।

यसअघि फिफा वरियताको १६८औं स्थानमा रहेको नेपाल नयाँ वरियतापछि १६९ स्थानमा पुगेको छ ।

विश्व वरियताको १६९औं स्थानमा रहेको नेपाल दक्षिण एशियाली मुलुकरुहको वरियतामा भने तेश्रो स्थानमा नै छ ।

दक्षिण एशियाली स्तरको शिर्ष स्थानमा रहेको भारतको विश्व वरियता १०६ हो भने दोश्रो स्थानमा रहेको माल्दिभ्स १५६औं स्थानमा छ ।

विश्व वरियताको शिर्ष स्थानमा बेल्यिजम यथावत छ भने दोश्रो स्थानमा ब्राजिल,तेश्रोमा फ्रान्स,चौथोमा ईटोलि र पाँचौमा ईङ्गल्याण्ड रहेको छ ।

यसैगरी छैठौ स्थानमा अर्जेन्टिना,सातौंमा स्पेन,आठौंमा पोर्चुगल,नवौंमा मेक्सिको र दशौंमा डेनमार्क छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :