खेलाडीको लागि राखिएको कार्यक्रममा खेलाडी नै आईदिएनन्

काठमाण्डौं । नेपाल लोकतान्त्रीक खेलकुद संघ, बागमती प्रदेशले सर्वियाको राजधानी बेलग्रेडमा आयोजना हुने आईवा बिश्व बक्सिङ्ग च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न जान लागेका खेलाडी तथा प्रशिक्षकका निम्ति राखेको बिदाई कार्यक्रममा खेलाडी नै उपस्थित भईदिएनन् ।

नेपाल लोकतान्त्रीक खेलकुद संघ, बागमती प्रदेशले बिहिबार खेलाडी तथा प्रशिक्षकलाई खेल पोशाक सहित बिदाई गर्ने कार्यक्रम तय गरिएको थियो । त्यसका लागि संघले नेपाल बक्सिङ्गलाई पत्राचार समेत गरिएकोमा अन्त्यमा खेलाडीहरुको उपस्थिती रहेन ।


खेलाडी अनुपस्थित रहेपनि लोकतान्त्रीक खेलकुद संघ बागमती प्रदेशका अध्यक्ष दीपक गुरुङ्गले खेलाडीहरुलाई लोकतान्त्रीक खेलकुद संघ संधै खेलाडीहरुको पक्षमा रहेको र खेलाडीहरुको हक अधिकारका लागि सदा अग्रस्थानमा रहने भन्दै उच्च मनोबलका साथ खेल प्रदर्शन गर्दै जित हात पार्न शुभकामना ब्यक्त गरे ।

उनले खेलाडीहरुको मनोबल उच्च राख्नका लागि विविध नगदको घोषणा समेत गरे । जस्तै प्रत्येक बाउट जिते बापत २५ हजार, स्वर्ण प्राप्त गरेका १ लाख ५० हजार, रजतका लागि १ लाख र कास्य पदक प्राप्त गरेमा ५० हजार प्रदान गर्ने घोषणा समेत गरे ।

नले खेलाडीहरु अनुपस्थिती रहेता पनि उक्त च्याम्पियनसिपमा सहभागिता जनाउने ४ खेलाडी, प्रशिक्षकका लागि प्रदान गर्न लागिएको खेल पोशाक (ट्रायकसुट) संघका केन्द्रिय सदस्य ओम नारायण श्रेष्ठ मार्फत खेलाडीहरुलाई हस्तान्तरण गरे ।

कार्यक्रममा बोल्दै अध्यक्ष गुरुङ्गले संघले खेल भावनाको बिरुद्ध कार्य गरेको भन्दै नेपाल लोकतान्त्रीक खेलकुद संघ यस कार्यको घोर आपत्ती ब्यक्त गर्दछ र यस्ता कार्यका बिरुद्ध सम्वन्धित निकायलाई ध्यानाकर्षण गर्दै कार्यवाहीको लागि अग्रसर रहने बताए । उनले आफु पनि नेपाल बक्सिङ्ग संघको पूर्व महासचिव भएको भन्दै संघले खेलाडीहरुलाई राजनीतिमा मुछेको र संघले विधान विपरित कार्यहरु गरेका कारण संघका पदाधिकारीहरु विच पनि बैमनस्यता देखिएको बताए ।

कार्यक्रममा बोल्दै संघका पूर्व अध्यक्ष राजीव श्रेष्ठले खेलकुद जस्तो स्वच्छ छवी भएको ठाउँलाई अहिलेको कार्यसमितिले घरायसी संघको रुपमा संचालन गरेको र संघलाई खेल भावनाले अगाडी बढाउन नसकेकोमा आपत्ती जनाए ।

च्याम्पियनसिप कार्तिक ८ गते देखि २० गते सम्म संचालन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :