ईटालियन नागरिक विकासको नेपाली फुटबल सपना,भन्छन्–’मेरो मुटुमा नेपालको लागि केही गरौं भन्ने छ’

बिभा थापा

काठमाण्डौं । ईटालिमा बस्दै उतै फुटबल खेल्दै आएका नेपाली मुलका विकास मेराग्लियाले नेपाली क्लब च्यासल युथ क्लबबाट शहिद स्मारक ए डिभिजन लिग खेल्ने भएका छन् । जसका लागि उनले शुक्रबार औपचारिक कार्यक्रममा एक वर्षको लागि सम्झौता गरे ।

विकासले च्यासलबाट कार्तिक २९ गतेबाट शुरु हुने शहिद स्मारक ए डिभिजन लिग खेल्दा १० नम्बर जर्सिको प्रयोग गर्नेछन् ।

विकास सन् २००८ मा नेपाल कामको शिलशिलामा आएका ईटालियन नागरिकले विकासलाई ६ वर्षको उमेर छदाँ धर्मपुत्रको रुपमा ईटालि नै लगे ।

उनी त्यहाँ पुगेपछि त्यहीको फुटबल एकेडेमी हुँदै सन् २०१८ मा ईटालीको अण्डर १६ राष्ट्रिय टोलिबाट खेल्ने अवसर समेत जुर्याे । त्यसपछि उनले ईटालिकै विभन्न क्लबबाट पनि फुटबल कौशल प्रस्तुत त गरे तर चर्चा भने सिरी ए क्लब एट्लान्टाको युथ टोलिबाट खेल्न थालेपछि मात्र शुरु भयो । उनलाई त्यहाँको युथ फुटबलरुहरुमा कौशलवान फुटबलरको रुपमा पनि हेर्ने गरिन्छ । यहीबाट शुरु भयो विकासको फुटबलमा चर्चा र नेपाल आउने शिलशिलाको आरम्भ पनि ।

विगत तीन वर्षदेखि थुप्रै नेपालीहरुले विकासलाई नेपालै झिकाएर यही फुटबल खेलाउने योजना बुन्दै आएका थिए । तर यसपटक त्यसमा च्यासल युथ क्लबमा बाजी मार्न सफल बन्यो ।

फलस्वरुप ईटालिमा फुटबल खेल्दै आएका विकासले २०७८ को शहिद स्मारक ए डिभिजन लिग खेल्नका लागि च्यासल युथ क्लबलाई राजेका छन् ।

च्यासल र विकासले शुक्रबार एक कार्यक्रमको बिच यस सिजनको शहिद स्मारक ए डिभिजन लिगका लागि सम्झौता गरेका हुन् । क्लबले विकासलाई आबद्ध गरेको रकम भने खुलाएको छैन । विकास ए डिभिजन लिग खेल्न ईटालिबाट गत मंगलबार नेपाल आएका थिए ।

उनले ईटालिको संस्कृति,हरन सहन,हावा पानि मनपर्ने भएपन मनमा नेपालको स्थान बेग्लै रहेको बताए । विकास ईटालियन नागरिक नै हुन् तर नेपालको बारेमा जहिले पनि मुटुमा भारी अर्थ बोकेर हिडेको धारणा ब्यक्त गरे ।

विकास नेपाल छोडेर ईटालि पुगेको १३ वर्ष भयो र त्यति नै वर्ष भयो अरे नेपालको यादले सताउन थालेको पनि ।

विकास भन्छन्,‘नेपालको भुमिमा टेक्न साथ आफू स्वतन्त्र भएको महसुस गरे ।’

गत मंगलबार नेपालमा अवतरण गरे लगतै उनी नेपाली राष्ट्रिय फुटबल टोलिबाट खेल्न नेपाल आएको चर्चाले शिखर छुन लागेको छ । तर विकास आफै तयो कुरालाई स्विकार्दैनन् ।

विकासले भने,‘भर्खर मात्र नेपालमा टेकेको छु । यहाँको वातावरणको बारेमा बुझ्न बाँकी नै छ । अहिलेसम्म नेपाली टोलिबाट फुटबल खेल्ने नखेल्ने कुनै सोच बनाएको छुईन ।’

नोापाली टोलिबाट तत्काल खेलिहाल्न पनि विकासका लागि असम्म्भव जस्तै नै छ । उनी ईटालिको पासपोर्ट बोकेर नेपाल आएका हुन् । उनले नेपालको फुटबल बुझ्न बाँकी छ,उनले यहाँको फुटबल संस्कार बुझ्न बाँकी नै छ । उनलाई त राम्रोसँग नेपाली फुटबल गतिविधिको बारेमा थाहाँ पनि नभएको विकास बताउँछन् ।

‘मलाई ठ्याक्कै नेपाली फुटबल कहाँबाट हेर्ने पनि थाहाँ थिएन । केही समयअघि मात्र युट्युबहरुमा नेपाली फुटबल हेर्ने मौका पाएको छु । तर नेपाली फुटबलको स्तर ठिकै लागेको छ ।’

विकास नेपालमा फुटबल खेल्नकै लागि आएका हुन् र राष्ट्रिय टोलिबाट खेल्न पनि सक्ने संकेत भने विकासले घुमाउँरो तवरले दिएका पनि छन् । उनले अहिलेलाई लिग खेल्नकै निम्ति नेपाल आएको तर आफ्नो मुखय योजना भने अर्कै रहेको बताउँदै सही समय आएपछि मात्र योजनाको बारेमा सार्वजनिक गर्ने बताए ।

‘लिग खेल्नकै लागि आएको हुँ’,विकासले थप भने,‘म मेरो केही विशेष लक्ष्यसहित नेपाल आएकाु हुँु । जुन म अहिले खुलाउन सक्दिन तर सही समय र मौका आएपछि भन्नेछु ।’

विकासको यो भनाई र नेपालका प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले केही समयअघि विदेशमा रहेका नेपालीहरुलाई पनि नेपाल आएर फुटबल खेल्न सरकारले पनि सहजिकरण गरेमा नेपाली फुटबललाई उचाईमा लग्न सकिने तर्क राख्नुले विकास नेपाली टोलिबाट खेल्न सक्नेतर्फ संकेत त गर्छ नै ।

तर विदेशीमुलका भईसकेका विकासका लागि नेपाली जर्सिमा अहिले केही समयमै खेलिहाल्ने सम्भावना भने कम नै छ ।

विकासले च्यासलसँग सम्झौतमा हस्ताक्षर गरिरहँदा नेपाल आफ्नो मुटुमा रहेको र देशको लागि केही गरौमात्र नभई गरिहाल्ने ईच्छा रहेको जिकिर गरेका थिए ।

विकासले भने,‘मेरो मुटुमा नेपाल छ । नेपालका लागि केही गरौ र गर्नुपर्छ भन्ने छ ।’

उमेरले १८ पुगेका विकासको भनाईहरुले उनी तत्कालै नेपाली फुटबलमा केही छाप छोड्न् हुट्हुटीसहित नै नेपाल आएका हुन् भन्ने प्रष्ट हुन्छ ।

उनको नेपाली फुटबलको आरम्भले कार्तिक २९ गते काठमाण्डौंमा शहिद स्मारक ए डिभिजन लिग शुरु भएपछि एउटा कुनै आकार लिने नलिनेमा पनि भर पर्छ ।

यो हुट्हुटी नेपाली फुटबलमा आवश्यक पनि छ भने ईटालिको रहनसहनमा हुर्किएका विकासका लागि त्यहाँको सेवासुविधा र त्यहाँको फुटबल संस्कारलाई चट्टै त्यागेर नेपाली फुटबलमा भिज्न कत्तिको सजिलो होला त ?

यो पनि पढ्नुहोस्: ईटालिमा फुटबल खेल्दै आएको विकासले च्यासलबाट ए डिभिजन लिग खेल्ने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :