नेपाल र ईण्डोनेशियाबिच भएको मैत्री खेलको तस्विर

काठमाण्डौं । ईण्डोनेशियासागको मैत्री खेलमा नेपाली अण्डर २३ राष्ट्रिय टोलि पराजित भएको छ ।

ताजकिस्तानको गासर सेन्ट्रल स्टेडियममा ईण्डोनेशियानसँग भएको मैत्री खेलमा नेपाल २–० गोल अन्तरले पराजित भएको हो ।

पहिलो हाफ गोलरहित बराबरी खेलेको नेपालले दोश्रो हाफमा २ गोल खाएको हो ।

एएफसी अण्डर २३ एशियन कपको छनौट चरण खेल्न ताजकिस्तान पुगेको नेपालले मुख्य प्रतियोगिताअघि ईण्डोनेशियासँग अभ्यास स्वरुप मैत्री खेल खेलेको हो ।

नेपाल एएफसी अण्डर २३ एशियन कपको छनौट चरणको समूह बी छ । यस समूहमा नेपालसँगै आयोजक ताजकिस्तान,लेबनान र ईरान रहेका छन् ।

एएफसी अण्डर २३ एशियन कप छनौट कार्तिक ८ गते देखि १४ गतेसम्म उज्वेकिस्तानमा आयोजना हुँदैछ ।

समूह बी मा रहेको नेपालले ईरान,ताजकिस्तान र लेबनानसँग खेल्नेछ । नेपालले कार्तिक ८ गते ईरान, ११ गते ताजकिस्तान र १४ गते लेबनानसँग प्रतिस्पर्धा गर्नेछ ।

सिनियर टोलिका फारवार्ड मनिष डाँगी,मिडफिल्डरहरु आयुष घलान,सुरज जिउ ठकुरी र नितिन थापा रहेका छन् ।

यस्तै डिफन्डरद्वय सुमन अर्याल र गौतम श्रेष्ठ पनि अण्डर २३ टोलिको अन्तिम सूचीमा पर्न सफल भएका छन् ।

यसैगरी सिनियर राष्ट्रिय टोलिबाट खेलिसकेका एरिक विष्ट,दर्शन गुरुङ्ग,राजन गुरुङ्ग,अभिषेक रिजाल र सेसेहाङ्ग आङ्गदेम्बे पनि महर्जनको टोलिमा परेका छन् ।

२३ जना खेलाडीको सूची:

गोलरक्षक – अर्पण कार्की, विशाल सुनार, अभिषेक बराल

डिफेन्डर – सुमन अर्याल, गौतम श्रेष्ठ, राजन गुरुङ्ग, रन्दिप पौडेल, अभिषेक लिम्बु, शिव गुरुङ्ग

मिडफिल्डर – आयुष घलान,एरिक विष्ट,सुरज ज्यु ठकुरी, नितिन थापा,सेसेहाङ्ग आङ्गदेम्बे, अनिल महर्जन, राजीव लोप्चन, शिशिर लेखी, आकाश बुढामगर र रोशन पहारी

फरवार्ड – मनिष डाँगी, अभिषेक रिजाल, दर्शन गुरुङ्ग, ऋतिक कुमार खड्का

तस्विर: एन्फा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :