सावधान हेडिङ्ग गोल !

फुटबलमा गोल निर्शत विषय हो । मैदानमा सबै खेलाडी लक्ष्य गोल नै हुन्छ । अझ हेड गोलको चर्चा र महत्व ब्यापक छ । कठिन अवस्थामा हेड गोल गर्दै टोलीलाई जिताउने खेलाडीको नाम बारम्बर लिईने गरिन्छ ।

यही गोलका कारण खेलाडीको ब्यक्तिगत चर्चा चुलिन्छ । असहज परिस्थीतिमा गरेको गोलले नै खेलाडीलाई सर्वाधिक मुल्यामा विक्रि गराउँछ । देशको नायक वा सेलिब्रेटीको पगरी पनि उसैले गुथेको हुन्छ ।

यही पृष्ठभूमिमा पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डोको हेड गोल अहिले सम्मकै उत्कृष्ट गोलको सुचीमा रहेको छ । रोनाल्डोले युरो कप २०१६ को सेमिफाइनलमा वेल्सविरुद्ध ५०औं मिनेटमा उत्कृष्ट जम्पिङ हेड गोल गरेका थिए । आठफिट सात इन्च अग्को बललाई रोनाल्डोले उडेर हेड हाने । उनको उत्कृष्ट हेडिङ्गले सोझै जाली चुम्यो । उक्त गोलले विश्वभरको फुटबल दर्शकलाई चकित तुल्याएको थियो ।

फुटबलका पण्डित गेरी लिनेकरले तत्काल ट्वीट गर्दै लेखेका थिए ‘यस्तो गोल मैले अहिले सम्म देखेको थिईन । न अब देख्ने नै छु ।’ रोनाल्डोको यही गोलबाट पे्ररित भएर डेली मेलमा मार्टिन केवनले लेख लेखे ‘फुटबलमा रोनाल्डोको गोल हाई डेडिङ बास्केटबलको फाइनल स्कोरका लागि उत्कृष्ट खेलाडीको स्लिम डग प्रहार’ भन्दा कम थिएन भनेर ।

रोनाल्डो प्रतिनिधि पात्र हुन्, जो मैदानमा गोल गर्न माहिर छन् । उत्कृष्ट हेड गोल गर्ने अन्य चर्चित खेलाडीको सुचीमा पेले, रोविन भानपर्सी, लियोनल मेसीको नाम पनि शीर्षस्थानमा आउँछ । नेदरल्याण्ड्सका भानपर्सीले सन् २०१४ को ब्राजिल विश्वकपमा स्पेनविरुद्ध गरेको गोलको चर्चा पनि विश्व फुटबल जगतमा खुबै चलेको थियो ।

भानपर्सीले डिफेन्स लाइनबाट उडेर हानेको हेड प्रहार सोझै गोलमा परिणत भएपछि नेदरल्यान्डले ब्राजिल यात्रा तेस्रो स्थानमा टुङ्ग्याएको थियो । उनको त्यही गोलले सन् २०१४ को फिफा पुस्कस अवार्ड समेत चुम्यो ।

अर्जेन्टीनी अर्का स्टार लियोनल मेसीले सन् २०१६ को ला लिगामा बार्सिलोनाका लागि डिर्पोटिभो लाकोरुनाविरुद्ध उत्कृष्ट हेड गोल गरे । डिफेन्स लाइनबाट आएको पासलाई मेसीले सेन्टर पोस्टमा गोल गरेका थिए । सन् १९७० को विश्व कप फाइनलमा पेलेले इटालीविरुद्ध पाँच फिट आठ इन्ज अग्लो बललाई उफ्रेर हेड गर्दै ब्राजिललाई तेस्रो पटक विश्व कप उपाधि चुमाएको दृष्य पनि कम रोचक थिएन ।

यस्तै सन् २००५ को च्याम्पियन्स लिगमा अन्डरलेच्टविरुद्ध लिभरपुलका लुईस गार्सियाले २० यार्ड टाढाबाट हानेको हेड प्रहारले सोझै जाली चुमेको थियो । सन् २०१३ को प्रिमियिर लिगमा लुइस स्वारेजले वेस्टब्रोमविचविरुद्ध लिभरपुलका लागि पेनाल्टी एरिया बाहिरबाट गरेको गोलले उस्तै चर्चा पायो । सन् २००३ को प्रिमियर लिगमा न्युक्यासलका लागि अलान सिअररको हेड गोल उस्तै दमदार थियो ।

सन् २०१० को विश्व कपमा जर्मनीविरुद्ध स्पेनका कार्लेस पुयोलको हेड गोल, सोही विश्व कपमा जर्मनीका मिरोस्लाभ क्लोसले अष्ट्रेलियाबिरुद्ध गरेको हेड गोल, सन् १९९८ को विश्व कप फाइनलमा फ्रान्सका जिनेदिन जिदानले ब्राजिलबिरुद्ध गरेको हेड गोल, सन् १९९४ को विश्व कपमा जर्मनीविरुद्ध बुल्गेरियाका मिडफिल्डरले डिबक्स भित्र जर्मनीका रक्षकलाई छल्दै गरेको हेड गोल र सन् २०१२ को च्याम्पियन्स लिगमा बायर्न म्युनिखविरुद्ध चेल्सीका डिडियर ड्रोग्वाले गरेको हेड गोल विश्वका चर्चित हेड गोलको सुचीमा छन् ।

फुटबल मैदानमा हेड गोलको खुट्टाले हानेको गोलको भन्दा बढी चर्चा पाईरहेको छ । तर, मैदानमा घम्साघम्सीबीच उत्कृष्ट हेड गोल गर्न लालायित देखिने खेलाडीले अब भने होसियारी र सावधानी अपनाउनु पर्ने एक अध्ययनने देखाएको छ ।

अमेरिकामा गरिएको अनुसन्धानले अधिकांश अमेरिकन फुटबल खेलाडीहरु हेड प्रहारकै कारण मस्तिष्क रोगी हुने गरेको तथ्य सार्वजनिक भएको छ ।
अध्येताहरुले खेलका दौरानमा खेलाडीले एक अर्काविरुद्ध बल खोस्दा हान्ने हेडिङका कारण प्रायः सबै खेलाडीमा मस्तिस्क रोगको लक्षण फेला परेको तथ्य सार्वजनिक गरेका हुन् । मस्तिस्क सम्बन्धी अध्ययन र अनुसन्धान गरिरहेका अनुसन्धान कर्ताले तयार पारेको एक विस्तृत रिपोर्ट अमेरिकन मेडिकल एसोसियसनको जर्नलमा प्रकाशित भएको छ ।

अनुसन्धानकर्ताले दुई सय दुई जना पूर्व फुटबल खेलाडीमाथि अनुसन्धान गरेका थिए । अमेरिकन राष्ट्रिय फुटबल लिगका खेलाडी, कलेज र स्कुल स्तरका फुटबल खेलाडीमाथि अनुसन्धान केन्द्रित थियो । यस अनुसन्धानमा खेलाडीले समय समयमा हान्ने गरेको हेडिङ प्रहारका कारण सबैमा मस्तिस्कको रोगको लक्षण फेला परेको जनाइएको छ ।

हेडिङ गर्ने खेलाडीमा ‘क्रोनिक ट्रम्याटिक इन्सेफ्यालोपथि’ (सिटिई) रोगको लक्षण देखा परेको अध्ययनमा संलग्न अमेरिकन मेडिकल एसोसियसनका चिकित्सक एवं बोस्टन युर्निभर्सिटीका न्युरोलोजिस्ट डा.एन म्याकी टोलीको रिपोर्टमा उल्लेछ छ । मानसिक दुर्वलता ल्याउने भनिएको यो रोगले मेमोरी लस लगायतका लक्षणहरु देखाएको छ ।

रिपोर्टमा सबै खेलाडीमा रोगको समान अवस्था भने फेला नपरेको प्रस्ट पारिएको छ । तर, यसले बोस्टोन ब्रेन बैंकले पत्ता लगाएको धेरै सम्भावना रहेको भन्ने निष्कर्ष र त्यहाँ रहेका नमुनासँग मेल खाने जनाएको छ । बोस्टन ब्रेन बैंकमा विभिन्न दाता तथा खेलाडीका परिवारका सदस्यले मरणोपरान्त मस्तिस्क दान गर्ने गरेका छन् । जसमा अधिकतम खेलाडिले विभिन्न समस्याको सामना गर्नुपरेको थियो । जुन क्रोनिक ट्रम्याटिक इन्सेफ्यालोपथि (सिटिई) सँग मिल्दो जुल्दो थियो ।

मुख्य अनुसन्धानकर्ता डा. एनले सिटिई र फुटबलबारे अझ धेरै विषयमा अनुसन्धान गर्न बाँकी रहेको समेत खुलासा गरेकी छन् । कतिपय खेलाडीमा उक्त रोगको लक्षण नदेखिएकोले थप अनुसन्धान आवश्यक रहेको उनले बताईन् । उनका अनुसार यसबारे अझ धेरै कुरा पत्ता लगाउन बाँकी छ । ‘फुटबल हेडिङ्गको कति कारक हुन्छ र वंशाणुगत प्रक्रियाको सम्भावना कति छ ? केही खेलाडीले धेरै वर्ष फुटबल खेलेको भए पनि उनीहरुमा क्रोनिक ट्रम्याटिक इन्सेफ्यालोपथिबारे केही तथ्य छैन,’ डा. एनले भनेकी छन् ।

खेलाडीको जीवनशैलीबारे अनुसन्धान गर्न बाँकी रहेकोले खेलाडीको जीवनशैलीले पनि थप नयाँ तथ्य बाहिर आउने बताईएको छ । खेलाडीको रहनसहन, मादक पदार्थ र ड्रग्सको सेवन, डाइटलगायत विषयले समेत यसलाई प्रभाव पार्नेछ ।

अध्ययनमा हेडिङ्गका कारण खेलाडीको टाउको क्रमश प्वाल पर्दै र फुट्दै गएको दृष्य पनि देखाईएको छ । डाक्टर म्याकीले मस्तिस्क बैंकको रिपोर्टबाट केही जवाफ मिल्ने र रोग लागे नलागेको विषय पत्ता लाग्ने बताइन् । तर, उनले रोगको उपचार भने पत्ता नलागेको उल्लेख गरेकी छन् । अनुसन्धानमा मानिसको मृत्युपछि मात्रै यसको उपचार पद्धतिको बारेमा थाहा हुने उल्लेख छ ।

केही अनुसन्धानकर्ताले यस विषयमा जीवित मानिसमाथि पनि विभिन्न परिक्षण सुरु गरिसकेका छन् । उनीहरुले पत्ता लगाउने सबैभन्दा पहिलो कारक तत्व भनेको हेडिङ नै हुने गरेको छ । जसले, सामान्य मस्तिस्कमा पनि खलबली ल्याएर ‘ताउ’ नामक प्रोटिनको विकास गरेको हुन्छ । यो रोग फुटबल, बक्सिङ जस्ता फिजिकल खेल खेल्ने खेलाडीमा बढी हुने गरेको छ ।

अनुसन्धानकर्ताले यसअघि पनि एक सय ७७ जना अमेरिकन फुटबल लिग (एनएफएल), पूर्व खेलाडीको मस्तिस्कको अनुसन्धान गरेका थिए । जसमध्ये एक १० एनएफएलका पूर्व खेलाडी, ४८ देखि ५३ जना कलेजका खेलाडी, सात देखि आठ जना क्यानडाका लिग फुटबल खेलाडी, ९ देखि १४ जना अर्ध व्यावसायिक खेलाडी, तीनदेखि १४ जना विद्यालयस्तरका खेलाडीको मस्तिस्क अनुसन्धान गरिएको थियो ।

तर, दुई खेलाडीको मस्तिस्कमा भने उक्त रोगको कुनै लक्षण फेला परेको थिएन । उक्त रोगबारे अनुसन्धान गर्नको लागि न्युरोप्याथोलोजिस्टहरुको एउटा प्यानलनै खटिएको थियो । टोलीले खेलाडीको दिमागको टिस्युमाथी अनुसन्धान गरेको थियो । रिपोर्ट सार्वजनिक भएपछि एनएफएलले यी निस्कर्सहरु महत्वपूर्ण रहेको भन्दै वर्तमान र पूर्व खेलाडीको स्वास्थ्य सुधारको लागि काम गर्ने प्रतिवद्धता पनि जनाएको छ । एनएफएलले यसअघि उक्त कुरालाई नकार्दै आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :