नेपालका सनिल विश्व बक्सिङ्ग च्याम्पियनसिपको अन्तिम ३२ मा पुग्न सफल

काठमाण्डौं । १३औं दक्षिण एशियाली खेलकुद (साग) मा बक्सिङ्गका स्वर्ण पदक विजेता नेपालका सनिल शाही सर्बियामा जारी आईबा विश्व पुरुष बक्सिङ्ग च्याम्पियनसिपको अन्तिम ३२ चरणमा पुग्न सफल भएका छन् ।

सोमबार रातिको प्रतिस्पर्धामा ईराकी खेलाडी ईसाम अल अगाईदी रिङ्गमा उपस्थित नभएपछि सनिल स्वत च्याम्पियनसिपको अन्तिम ३२ को चरणका लागि योगय भएका हुन् ।

सनिलले अब बिहिबार प्रि क्वार्टरफाईनल चरणमा पुग्न आयोजक राष्ट्र सर्बियाका खेलाडी अब्बाशोभ भाखिबसँग प्रतिस्पर्धा गर्नेछन् ।

सनिल जारी च्याम्पियनसिपमा ६० केजी तौल समूहमा प्रतिस्पर्धा गरिरहेका छन् ।

यस च्याम्पियनसिपमा सनिलसहित नेपालका चार जना बक्सरहरु सर्बिया पुगेका छन् ।

सागका अर्काे स्वर्ण पदक विजेता भुपेन्द्र थापाले ६३.५ केजी, कास्य पदक विजेता पुरन राई ५७ केजी र रविन थापाले ४८ केजी तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् ।

भुपेन्द्रले आज दिउँसो फ्रान्सका खेलाडीसँग प्रतिस्पर्धा गर्दैछन् ।

प्रतियोगिता कार्तिक २० गतेसम्म संचालन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :