बार्सिलोनाको नजरमा रहेका सम्भावित तीन प्रशिक्षक

बार्सिलोनाले रोनाल्ड कोमानलाई प्रशिक्षक पदबाट बर्खास्त गरेको छ ।

क्लबले स्पेनिस लालिगा अन्तर्गत बुधबार रति रायो भालेकानोसँगको खेलमा पराजित भए लगतै कोमानलाई पदबाट बर्खास्त गरेको हो ।

बार्सा गएराति लालिगाको खेलमा रायो भालोर्कासँग १–० गोल अन्तरले पराजित भएको थियो । यो बार्साको पछिल्लो चार खेलमा तेश्रो हार समेत हो ।

कोमानको नेतृत्वमा जारी सिजन बार्साको निकै खराब प्रदर्शनले निरन्तरता पाईरहेको छ । जारी सिजनको लालिगामा बार्साको १० खेलमा जम्मा १५ अंक छ भने च्याम्पियन्स् लिगमा दुईवटा खेलमा हारको सामना गरिसकेको छ ।

लालिगामा बार्सा नवौं स्थानमा छ भने शिर्ष स्थानमा रहेका चार क्लब रियाल मड्रिड,सेभिया,रियाल बेटिस र रियाल सोसिडाडको भन्दा ६ अंक कम छ ।

कोमानलाई पदबाट हटाएपछि अब बार्साका निम्ति जारी आर्थिक संकटलाई मध्येनजर गर्दै टोलि निर्माण गर्दै जारी सिजनको स्पेनिस लालिगामा शिर्ष चारमा रहन आवश्यक छ । शिर्ष चारमा रहँदै आगामी च्याम्पियन्स् लिगका लागि छनौट नभएमा बार्साको आर्थिक संकटमा थप ह्रास आउने देखिन्छ । बार्सा आर्थिक रुपमा अहिले १.३५ बिलियन युरोको ऋणमा छ ।

बार्सा अब सबै कमजोरीलाई पार लगाउन एक कुशल र टोलि निर्माूण गर्न सक्ने प्रशिक्षकको खोजिमा रहनेछ । बार्सालाई तत्काल कुनै उपायबाट योग्य प्रशिक्षक चाहिने नै देखिएका छ ।

कोमानलाई पटबाट हटाए लगतै बार्सा नयाँ प्रशिक्षकको खोजिमा तिव्र गतिमा लागेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुमा खबर आईरहेको छ । बार्साको नजरमा परेका तिन प्रशिक्षकहरु यी हुन् :

मार्सेलो गल्लार्डाे

गल्लार्डाे अर्जेन्टिनाको ब्यवसायिक फुटबल क्लब रिभर प्लेटमा पछिल्लो सात सिजनदेखि निरन्तर आबद्ध भएर काम गरिरहेका छन् । गत सिजनबाट नै गल्लार्डाे बार्सिलोनसहति यरोपको ठूला क्लबमा आबद्ध हुने चर्चा चल्दै आएको थियो ।

४५ वर्षिय गल्लार्डाेको नेतृत्वमा रिभर प्लेटले १२ वटा उपाधि जितेको छ । उनी आधुनिक शैलीकोबल पोजेसन राख्दै तिव्र गतिको फुटबल खेल्ने शैली मनपराउने र सोही शैलीमा खेलाउन रुचाउने प्रशिक्षकको रुपमा चिनिन्छन् । उनको विशेषता भनेको बल पाजेसन राख्दै अधिकांश काउण्टर अट्याकसहित दबाब सिर्जना गराउनमा माहिर मानिन्छन् ।

ईरिक टेन हाग

नेदरल्याण्ड्सको क्लब आयाक्समा उनको काम र सफलताका कारण ईरिक टेन हाग यतिबेला सबैभन्दा बढी चर्चामा रहेका प्रशिक्षक हुन् । उनले डच क्लब आयाक्सलाई आफ्नो कार्यकालमा दुईपटक डच उपाधि दिलाईसकेका छन् भने सन् २०१९ को च्याम्पियन्स् लिगमा क्लबलाई सेमिफाईलसम्म पुर्याएका थिए ।

टेन हाग आकर्षक शैलीको फुटबलमा बल पोजेसन होल्ड गर्दै खेलाउने शैली अपनाउने गर्छन् ।

तर टेन हाग आयाक्ससँग सन् २०२३ सम्मका लागि सभ्झौतामा रहेका कारण तत्काल बार्सामा आउनेबारेमा भने शंकाको विषय नै छ ।

टेन हाग प्रिमियर लिग क्लबमा जान चाहने ईच्छा बढी राख्ने भएकोले उनी म्यान्चेस्टर युनाईटेडसँग पनि जोडिन सक्ने चर्चा चलिरहेको छ । पछिल्लो समय म्यान युको जारी सिजनमा खराब लय र प्रदर्शनका कारण प्रशिक्षक ओेले गुन्नार सोल्सायर क्लबबाट बाहिरिने सम्भावना बढ्दै गएको छ ।

जाभी हर्नान्डेज

जाभी अहिले कतारी ब्यवसायिक फुटबल क्लब अल सादमा आबद्ध रहँदै आएका छन् । जाभी बार्सिलोनाका निक्कै रुचाईएका पूर्व मिडफिल्डर समेत हुन् । बार्साका समर्थकहरुमा निक्कै लोकप्रिय समेत रहेको जाभीलाई क्लबको प्रशिक्षकको रुपमा भित्र्याउनुपर्ने समर्थकहरुबाट माँग बढ्दो छ ।

खेलाडीको रुपमा लिजेण्डरी टछप छोडेका ४१ वर्षिय जाभीले कतारमा पेप ग्वार्डिओलाको नेतृत्वमा बार्साबाट खेल्दाको आकर्षक शैलीको फुटबल खेलाउँदै आईरहेका छन् ।

तर क्लबका अध्यक्ष लापोर्टा भने जाभीको अनुभवमा कमिका कारण उनलाई प्रशिक्षणको जिम्मा दिनेमा केही संकोचमा रहेको बताईएको छ ।

जभी आफै पनि क्लबको चरम आर्थिक संकटका कारण प्रशिक्षकको जिम्मेवारी सम्हाल्न अनिच्छुक रहन सक्नेछन् । उनीसँग बार्साको स्टार लियोनल मेस्सी पनि उपलब्ध नहुने हुँदा उनलाई तत्काल करियरमा धक्का लाग्न सक्ने समेत सम्भावना रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :