विश्व बक्सिङ्ग च्याम्पियनसिपमा सनिलले आज अब्बाशोभसँग खेल्ने

काठमाडौं । नेपाली बक्सर सनिल शाहीले सर्बियामा जारी आईबा विश्व पुरुष बक्सिङ्ग च्याम्पियनसिपको अन्तिम ३२ चरणमा आज आयोजक सर्वियाका बक्सर अब्बाशोभ भाखिबको सामना गर्दै छन् ।

१३औं दक्षिण एशियाली खेलकुद (साग) मा बक्सिङ्गका स्वर्ण पदक विजेता सनिले प्रतियोगिता अन्तर्गत गत सोमबार राति तय भएको पहिलो खेलमा ईराकी खेलाडी ईसाम अल अगाईदी रिङ्गमा उपस्थित नभएपछि सनिल स्वत च्याम्पियनसिपको अन्तिम ३२ को चरणमा पुगेका थिए ।

आजको खेल जिते सनिल प्रि क्वार्टरफाईनल चरणमा पुग्ने छन् । सनिल जारी च्याम्पियनसिपमा ६७ केजी तौल समूहमा प्रतिस्पर्धा गरिरहेका छन् ।

यस च्याम्पियनसिपमा सनिलसहित नेपालका चार जना बक्सरहरु सर्बिया पुगेका छन् ।

सागका अर्को स्वर्ण पदक विजेता भुपेन्द्र थापा र रविन थापा भने प्रतियोगिताको पहिलो चरणबाट नै बाहिरी सकेको छ ।

भुपेन्द्र मंगलबार भएको ६३.५ केजी तौल समूहको पहिलो चरणको खेलमा फ्रान्सका हाम्रुईसँग पराजित भएका थिए ।

यस्तै रविन भने बुधबार राति भएको ४८ केजी तौल समूहको पहिलो खेलमा मंगोलियाका ज्ञानखुयाङसँग ५-० अंकले पराजित भएका थिए ।

प्रतियोगिता कार्तिक २० गतेसम्म संचालन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :