खेलाडी सम्मानित

काठमाडौँ, कात्तिक १७ गते । लिटल स्टार तेक्वान्दो डोजाङले बुधबार नेपालका अन्तर्राष्ट्रिय तेक्वान्दो महिला खेलाडीद्वय आयशा शाक्य र निशा दर्नाललाई सम्मान गरेको छ ।

लिटल स्टार तेक्वान्दोले दिक्षान्त समारोहको अवसर पारेर १३ औँ दक्षिण एसियाली खेलकुदमा दुई स्वर्ण पदक जित्ने आयशा र नेपाललाई अर्को स्वर्ण दिलाउने निशालाई सम्मान गरेको हो । प्रशिक्षण शिविरमा रहेकी हुनाले निशा सो समारोहमा उपस्थित हुन सकिनन् ।

उनको भाईले निशाको सम्मान ग्रहण गर्नुभएको थियो । सो अवसरमा विश्वको सर्वोच्च शिखर सगरमााको उत्तरी र दक्षिणी मोहडाबाट सफल आरोहण गर्ने विश्वकी पहिलो महिला पत्रकार कल्पना महर्जन र आठ वर्षकै उमेरमा ब्लाक बेल्ट हासिल गर्ने दिग्विजय महर्जनलाई पनि सम्मान गरियो ।

दिग्विजय विश्व कीर्तिमानी आरोही पत्रकार सम्मानित कल्पनाका छोरा हुन् । लिटल स्टार तेक्वयिपान्दोले दिग्विजयलाई नेपालका सबभन्दा कान्छो उमेरका तेक्वान्दो ब्ल्याकबेल्टधारी भएको दावी पनि गरेको छ ।

सो कार्यक्रममा लिटल स्टार तेक्वान्दो डोजाङमा ब्ल्याक बेल्टमा दिक्षित भएका २५ जना तेक्वान्दो खेलाडीलाई प्रमाणपत्र वितरण गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :