भारतमा हुने कराँते प्रतियोगिता खेल्ने कैलालीका २० खेलाडीलाई विदाई

कैलाली । भारतमा हुने कराँते प्रतियोगिता खेल्ने कैलालीका २० जना खेलाडीको विदाई गरिएको छ ।

भारतको गुजरात राज्यको अमृतसरमा १३ र १४ नोभेम्बरमा आयोजना हुने किजी ओपन ईन्डो नेपाल कराँते च्याम्पीयनसीप खेल्ने कैलालीका २० जना खेलाडीहरुको एक कार्यक्रम गरी विदाई गरिएको हो ।

कैलालीको जानकी गाउँपालिकाका खेलाडीहरुलाई कैलाली जिल्ला खेलकुद विकास समितिका अध्यक्ष ललीत खत्रीले विदाई गर्दै जितको शुभकामना दिएका छन् । जानकी गाउँपालिकाकी उपाध्यक्ष उमा महतोले पनि खेलाडीहरुको विदाई गरेकी छिन् ।

२० जना खेलाडी सम्मिलित टीमको प्रशिक्षकमा बालकुमार महतो र व्यवस्थापकमा राजेन्द्र चौधरी रहेका छन् ।

टोली आज नै भारत प्रस्थान गरेको छ । टीमलाई ट्रयाकसुट र यातायातको व्यवस्था जानकी गाउँपालिकाले गरेको गाउँपालिकाकी उपाध्यक्ष उमा महतोले बताईन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :