विश्व सोतोकान कराँते च्याम्पियनसिपमा सहभागि हुने खेलाडीलाई बिदाई

काठमाण्डांै । सर्वियाको जेन्जाजिनमा आयोजना हुने २८ औं एसकेडियुएन विश्व सोतोकान कराँते च्यामिपयनसिपमा सहभागि हुने खेलाडी तथा अफिसियललाई शुभकामनासहित बदिाई गरिएको छ ।

बिहिबार नेपाल सोतोकान कराँते संघ (एसकेडियुएन) का उपाध्यक्ष नारायण खड्का र महासचिव गोविन्द श्रेष्ठले विश्व सोतोकान कराँते च्यामिपयनसिपमा सहभागि हुने खेलाडी तथा अफिसियललाई शुभकामनासहित बिदाई गरेका हुन् ।

प्रतिस्पर्धा गर्न जाने नेपाल सोतोकान कराते संघ (एसकेडियुएन) का खेलाडी तथा अफिसियललाई संघका उपाध्यक्ष नारायण खड्का र महासचिव गोविन्द श्रेष्ठले अन्तराष्ट्रिय बिमानस्थलमा बिहिबार साँझ शुभकामना सहित बिदाई गरे ।
सर्वियाको जेन्जाजिनमा कार्तिक २४ देखि २८ गते सम्म हुने च्याम्पियनसिपमा संघका उपाध्यक्ष बद्रिबहादुर महतको नेतृत्वमा १ अफिसियल र ८ खेलाडीलाई बिदाई गरिएको हो ।

संघका अध्यक्ष धिर्ज तामाङ्ग पोर्चुगलमा रहेकाले उतैबाट सर्विया प्रस्थान गर्ने महासचिव श्रेष्ठले जानकारी गराए ।

सर्विया जाने टोलीमा अफिसियलमा विजयलाल श्रेष्ठ, खेलाडीहरु चित्र बहादुर श्रेष्ठ, पञ्चराम लामा, रामनारायण श्रेष्ठ, फुर जङ्गबु लामा, राजु गिरी, मिलन बि.क., राजु दनुवार र निक्सन लामा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :