अन्तर्राष्ट्रिय जुनियर कराते शुक्रबारदेखि

काठमाडौं । नेपाल सितोरियो कराते डो संघ, ठमेल शाखा डोजोको आयोजनामा सातौं अन्तर्राष्ट्रिय जुनियर कराते प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।

प्रतियोगितामा नेपालबाट ४ सय, भारतबाट १ सय १० र बंगलादेशबाट १० गरी जम्मा ५ सय २० खेलाडीको सहभागिता रहने आयोजक डोजोका प्रमुख सन्तोष श्रेष्ठले जनाएका छन् ।

पुरुष÷महिलामा समान १०–१० गरी २० स्पर्धामा खेल हुने छ । दुईदिने प्रतियोगिताका खेलहरु लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :