‘नेपालको आवश्यकता पहिचान गरि सहयोगको पहल गर्नेछु’: आईबा अध्यक्ष उमर

काठमाडौं । विश्व बक्सिङ्ग महासंघ (आईबा) का अध्यक्ष उमर केमलेभले नेपाली बक्सिङ्ग विकासका लागि पहल गर्ने बताएका छन् ।

नेपाल ओलम्पिक कमिटि तथा नेपाल बक्सिङ्ग संघको निमन्त्रणालाई स्विकार गर्दै नेपाल भ्रमणमा आएका उमारले नेपाली बक्सिङ्ग बिकासको लागि कुन कुराको आवश्यकता छ त्यसको पहिचान गरि सहयोगको पहल गर्ने बताएका हुन् ।

‘नेपाल भ्रमणमा आउन पाउँदा म निकै खुशी छु, मेरो नेपाल भ्रमणको मुख्य उद्देश्य भनेको नेपाल सरकार तथा सम्बन्धीत निकायसँग भेटवार्ता गरी यहाँको बक्सिङ्ग क्षेत्रको बिकासका लागि पहल गर्नु हो।’ विमानस्थलमा नेपाल बक्सिङ्ग संघले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै उमरले भने,‘नेपाल भ्रमणको दौरान म नेपाली बक्सरसँग भेटघाट, बक्सिङ्ग प्रतियोगिता अवलोकन एवम् सम्माननीय प्रधानमन्त्री तथा खेलकुद मन्त्री लगायत महत्वपूर्ण व्यक्तित्वहरुसंग भेटघाट गर्नेछु र सोहि अनुसार आवश्यताको पहिचान गरि सहयोगको पहल गर्नेछु। ’

आईबा अध्यक्ष केमलेभ बुधबार बिहान ८ बजे नेपाल आईपुगेका हुन् । उनलाई नेपाल बक्सिङ्ग संघका अध्यक्ष राम अवाले, वरिष्ठ उपाध्यक्ष अर्जुन केसी लगायत संघका अन्य पदाधिकारीहरुले खादा र मालाई लगाई एयरपोर्टमा स्वागत गरेका थिए ।

रुसी नागरिक केमलेभको नेतृत्वमा ८ सदस्सीय टोली दुई दिनका लागि नेपाल भ्रमणमा आएका हुन् ।

हालसम्म २०४ देशका बक्सिङ्ग संघले आईबाको मान्यता पाईसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :