पुरुष भलिबल टोलीका मुख्य प्रशिक्षक हान अबिङ नेपाल आईपुगे

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष भलिबल टोलीका मुख्य प्रशिक्षक हान अबिङ नेपाल आईपुगेका छन् ।

प्रशिक्षक अबिङ आफ्नो जिम्मेवारी सम्हाल्न नेपाल बिहीबार नेपाल आइपुगेका हन् ।

नेपाल भलिबल संघ (नएनभी) को गत साता बिहीबार बसेको कार्यसमितिको बैठकले पुरुष टोलिको मुख्य प्रशिक्षकमा अबिङलाई नियुक्त गर्ने निर्णय गरेको थियो ।

उनी एशियन सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल प्रतियोगिताका लागि नेपाली टोलीलाई प्रशिक्षण दिन नेपाल आएका हुन् ।

अबिङलाई नेपाल भलिबल संघकी सदस्य ज्योती केसी, महिला टिमका मुख्य प्रशिक्षक जगदिश भट्ट लगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए।

प्रशिक्षकको लागि स्पोन्सर गर्दै आएको एफआईभीबीको सहयोगमा नेपाल आएका अबिङले यसअघि पनि नेपालमै भएको पुरुष सेन्ट्रल जोन भलिबलमा नेपालको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए ।

उनको अबिङको तलब र आउने जाने खर्च एफआईभीबीले नै बेहोर्नेछ । नेपाल भलिबल संघले भने खाने बस्ने खर्च बेहोर्ने जनाएको छ ।

प्रशिक्षक अबिङ नेपाल आईपुगेसँगै खेलाडी छनौट गरि प्रतियोगिताका लागि नेपाली पुरुष टोलीको प्रशिक्षण मंसिर चार गतेबाट शुरु गर्ने संघले जनाएको छ ।

यस्तै महिला टोलीले भने प्रशिक्षक जगदिश भट्टको नेतृत्वमा गत कार्तिक २८ गतेदेखी प्रशिक्ष गर्दै आएको छ । महिला टोलीको बन्द प्रशिक्षण २० खेलाडी समावेश छन्।

सेन्ट्रल जोन भलिबल प्रतियोगिता बंगलादेशमा पुष ६ गते देखि १४ गतेसम्म आयोजना हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :