नेपाल ओलम्पिक कमिटीको साधारणसभा अर्को महिना

काठमाडौं । नेपाल ओलम्पिक कमिटीको बुधबार बसेको बैठकले साधारण सभा अर्को महिना डिसेम्बर २८ मा गर्ने निर्णय गरेको छ ।

कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठको अध्यक्षतामा बसेको बोर्ड बैठकले यो निर्णय गरेको हो । यस्तै बैठकले नेपाल स्पोर्टस लिडर मिट सन् २०२२ को जनवरीमा गर्ने निर्णय पनि गरेको छ ।

बैठकले सन् २०२२ को अप्रिल ६ मा बुद्ध जन्म भूमि लुम्बिनीमा वृहत अन्तर्राष्ट्रिय कार्यक्रम पनि गर्ने निर्णय पनि गरेको छ । स्पोर्टस एन्ड डेभलपमेन्ट फर पिस डेको अवसरमा यो कार्यक्रम हुन लागेको हो ।

यस्तै नेपालले चिल्ड्रेन अफ एसिया इन्टरनेसनल स्पोर्टस गेम आयोजना गर्न प्रस्ताव गर्ने सुरुआती निर्णय पनि गरेको छ ।

कमिटीका उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्त बैद्यले पछिल्लो साता रुसको भ्याडिभोस्टोकमा भएको त्यस सम्बन्धी कार्यक्रममा सहभागी थिए ।

भ्लाडिभोस्टोकमा चिल्ड्रेन अफ एसिया इन्टरनेसनल स्पोर्टस गेम सेभ द सिसनको सेमिनार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :